११ जेष्ठ २०८१, शुक्रबार

टस जितेर नेपाल जिम्बावे एविरुद्ध फिल्डिङ गर्दै


टस जितेर नेपाल जिम्बावे एविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं । नेपालले जिम्बावे एविरुद्ध टि-२० अभ्यास खेल अन्तर्गत दोस्रो खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

जिम्बावे ‘ए’ बीचको खेल अहिले १:०० बजेदेखि टियु क्रिकेट मैदानमा हुँदैछ । हिजो आइतबार भएको खेलमा जिम्बावेसँग नेपाल ७ बल अगावै ६ विकेटले पराजित भएको थियो ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेल्न लागेको हो ।

आजको खेलमा नेपालले टोलीमा एक परिवर्तन गर्दै आरिफ शेखको स्थानमा नेपालले भीम सार्कीलाई मौका दिएको छ । आरिफ आजको खेलमा नेपालले बुझाएको अन्तिम लिष्टको सुचीमै थिएनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !