२१ बैशाख २०८१, शुक्रबार

आयोगद्वारा आचारसंहिता कार्यान्वयन गर्न दलहरुलाई ६० बुँदे निर्देशन (पूर्णपाठसहित)


निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन दिएको छ । आयोगले आगामी वैशाख ३० गते हुन लागेको आसन्न स्थानीय तहको निर्वाचनमा आचारसंहिता कार्यान्वनय गर्नका लागि ६० बुँदे निर्देशन दिएको हो ।

आयोगले स्थानीय निर्वाचनमा भाग लिने दलका नेताहरुलाई आचारसंहिता प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न आज मंगलबार बैठक बोलाएको थियो । स्थानीय निर्वाचनका लागि निर्वाचन आचारसंहिता प्रतिबद्धतापत्रमा राजनीतिक दलका नेताहरुले हस्ताक्षर गरेको थिए ।

हस्ताक्षर गरेपछि राजनीतिक दललाई स्थानीय तहको निर्वाचन, स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउनका लागि ६० बुँदे निर्देशन दिएको हो ।आयोगले दिएको निर्देशन अनुसार दलहरुले कुनै प्रकारको पोष्टर, भित्ते लेखन, तुल, व्यानर, डिजिटल डिस्प्ले छाप्न वा छपाउन वा प्रयोग गर्न वा गराउन पाउने छैनन् ।

यस्तो छ हेर्नुहोस् आयोगले राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !