२६ बैशाख २०८१, बुधबार

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालद्वारा मौरिसस पराजित


नेपालद्वारा मौरिसस पराजित sf7df8f}F, !% df3 . g]kfn / df]l/;;aLr zlgaf/ ck/fGx bz/y /Ëzfnfdf ePsf] cGt//fli6«o d}qLk”0f{ km’6andf g]kfnn] df]l/;;nfO{ Ps uf]n u/L cfhsf] v]ndf ljhoL ePkl5 v’zL x’Fb} v]nf8L . t:jL/ M /Tg >]i7, /f;;

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले अफ्रिकी राष्ट्र मौरिसविरुद्धको पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा विजयी हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले मौरिससलाई १-० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

नेपालको जितमा विमल घर्तीमगर नायक बने । उनले खेलको ५५औँ मिनेटमा गरेको एक गोल नै नेपालका लागि निर्णायक गोल सावित भयो । एक वर्षपछि टोलीमा पुनरागमन गरेका विमलले पहिलो खेलमै गोल गरेका हुन् ।

अन्जन विष्टको लामो पासमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट विमलले प्रहार गरेको बलले पोस्टमा लाग्दै जाली चुमेको थियो । नेपालले पहिलोपटक अफ्रिकी टोलीसँग अन्तर्राष्ट्रिय खेल खेलेको हो । नेपालले अब मौरिसस विरुद्धको दोस्रो मैत्रीपूर्ण खेल मङ्गलबार खेल्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !