२१ बैशाख २०८१, शुक्रबार

मन्त्री श्रेष्ठ भन्छन्- खेलकुद राष्ट्रको गहना हुन्, सम्वद्र्धन गर्न आवश्यक छ


कृष्णकुमार श्रेष्ठ

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले खेलकुद राष्ट्रको सम्पत्ति भएकाले यसको संरक्षण एवं सम्वद्र्धन आवश्यक रहेको बताउएका छन् । बन्दिपुर गाउँपालिका–१ स्थित छापमा हिजोदेखि सुरु भएको छपेली कप २०७८ को उद्घाटन कार्यक्रममा उनले स्थानीयस्तरमा हुने यस्ता खेल प्रतियोगिताले राष्ट्रिय खेलको प्रतिस्पर्धाका लागि सहज हुने भएकाले खेल क्षेत्रलाई प्राथामिकता दिइनुपर्नेमा बताए ।

खेलकुदले मानव जीवनलाई स्वथ्य राख्न मद्दत पुग्नुका साथै राष्ट्रको शानलाई उच्च राख्ने हुँदा खेलकुद क्षेत्रको विकासमा राज्यले विशेष ध्यान दिनुपर्ने उनले बताए । चुनावको समयमा आफूले खाएको कसम र जनताको चाहनालाई खेर जान नदिने गरी इमान्दारीपूर्वक जिल्लाबासीको शीर उच्च राख्ने गरी काम गरेर देखाउने मन्त्री श्रेष्ठले बताए ।

पर्यटकीय नगरी बन्दिपुरमा खानेपानीको समस्या रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले लिफ्ट प्रणालीबाट खानेपानी सुविधा पु¥याउनका लागि रु ३० करोड बजेट विनियोजन गरिएको जानकारी दिए । बन्दिपुरको चरम खानेपानी समस्याको अन्त्य गर्न मस्र्याङ्दी नदीको पानी लिफ्टिङमार्फत लैजानका लागि ठेक्का प्रक्रिया कार्य अघि बढाइएको उनले बताए ।

कार्यक्रममा नेकपा (एस) का जिल्ला अध्यक्ष शङ्करनारायण श्रेष्ठ, गाउँपालिका अध्यक्ष पुर्णसिं थापा, वडाध्यक्ष भानुभक्त पोखरेललगायत वक्ताले खेलकुद क्षेत्रमा राज्यले उपेक्षित गर्न नहुनेमा जोड दिएका थिए ।

‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ जग्गादाता भीमप्रसाद र शिलकुमारी श्रेष्ठको स्मृतिमा छपेली कप आयोजना गरिएको हो । श्रेष्ठ दम्पतीले क्लबलाई करिब साढे दुई रोपनी जग्गा दान गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !