२१ बैशाख २०८१, शुक्रबार

रोनाल्डोको गोलमा किन खुशी भएनन् बेल ?


medrid

एजेन्सी, २१ चैत । हिजो भएको रियल म्याड्रिडको खेलमा बेल प्रशिक्षक जिदानका कारण बेन्चमा बस्न बाध्य बने । रोनाल्डोको बाइसाइकल किक गोलमा सबैले खुशी मनाउदा उनका सहकर्मी बेल भने अधेरो मुद्रामा बेन्चमा बसिरहेका थिए ।

जिदानले बेललाई हिजोको खेलमा ९० मिनेटनै मैदान बाहिर राखेका थिए ।

रियलको जितमा रोनाल्डो नायक बने । उनले खेलमा २ गोल गरेका थिए । रोनाल्डोले यो सिजनको च्याम्पियन्स लिगमा इतिहास बनाएका छन् । उनले प्रत्येक खेलमा गोल गर्दै आएका छन् । राती सम्पन्न खेलमा उनले हालसम्मकै उत्कृष्ट गोल गर्न सफ भएका छन् ।

अर्काे तर्फ बेललाई रियलले बेच्ने सम्भावना पनि निकै रहेको छ । त्यसैले उनलाई प्रशिक्षकले मैदानमा उत्राएनन् । बेल रोनाल्डोको गोलमा किन खूशी मानेन् भन्ने कुरा चाहि हालसम्म बाहिर आएका छैनन् । सम्भवत बेललाई प्रशिक्षक जिदानले मैदानमा नउत्राउनु र रियल छाड्ने सोचनै हुन सक्ने अनुमान गरिएको छ ।

च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडले इटालीयन क्लब युभेन्टसलाई उसकै घरेलु मैदानमा ३–० ले पराजित गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !