६ जेष्ठ २०८१, आइतबार

काठमाण्डौ गोल्डेनसले गरे रुपन्देहीसामु १८७ रनको लक्ष्य


१९ चैत, कैलाली । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा काठमाण्डौ गोल्डेनसले रुपन्देही च्यालेन्जर्स सामु १८७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा टस जितेर व्याटिङ गरेको गोल्डेन्सले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउँदै १८६ रन बनाएको छ । रुपन्देहीले जवाफी व्याटिङ गरिरहेको छ ।

काठमाडौंका लागि सन्नी पटेलले नटआउट ४८ रन बनाए । सुबोथ भाटीले ४२ र अमित श्रेष्ठ ३० रनमा आउट हुँदा नरेश बुढाऐर ३० रनमा नटआउट रहे । ज्ञानेन्द्र मल्ल २० रनमा सिमित हुँदा भुपेन्द्र थापाले १४ रन जोडे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !