१४ बैशाख २०८१, शुक्रबार

भारतमाथि पाकिस्तानको ऐतिहासिक शानदार जित


पाकिस्तान क्रिकेट टीम

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत भएको हिजो आइतबार राति भएको खेलमा पाकिस्तानले भारतमाथि ऐतिहासिक शानदार जित हासिल गरेको छ । टी–२० विश्वकप अन्तर्गत सुपर १२ को खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको हो ।

पाकस्तानले भारतलाई क्रिकेटको विश्वकपमा हराएको यो पहिलोपटक हो । यसअघिका पाँचवटै विश्वकपमा पाकिस्तानले भारतसँग हार खेपेको थियो।
आइतबार भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्ताले १७.५ ओभरमा विकेट नपुर्‍याई पूरा गरेको थियो ।

पाकिस्तानका मोहम्मद रिजुवानले ७९ र कप्तान बाबर आजमले ६८ रन बनाए । यसअघि टी ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत आइतबार बेलुकी भइरहेको खेलमा भारतले पाकिस्तानलाई १५२ रनको लक्ष्य दिएको थियो।

युएईको दुबई क्रिकेट मैदानमा टस जितेर बलिङ जितेको पाकिस्तानले उत्कृष्ट प्रदर्शन गरेको थियो । भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५१ रनमात्र जोड्न सक्यो ।

भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ५७ रन जोडे । यसैगरी विकेट किपर ऋषभ पन्तले ३९ रन बनाए । पन्त र कोहलीबीच चौथो विकेटका लागि ५३ रनको साझेदारी भएको थियो ।

सन् २००७ को समूह चरणमा भारत खेल बराबर भएपछि बल आउट (बलले स्टम्प ताक्ने) रुपमा विजयी भएको थियो । उक्त फाइनलमा ५ रनले हराउँदै उपाधि जितेको थियो ।

भारत २०१२ को टि२० विश्वकपमा ८ विकेट, २०१४ कोमा ७ र २०१६ को मा ६ विकेटले विजयी भएको थियो । पाकिस्तानले आफ्नो दोस्रो खेलमा मंगलबार न्युजिल्यान्डसँग खेल्नेछ । भारतले भने आइतबार न्युजिल्यान्डसँग खेल्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !