२० बैशाख २०८१, बिहिबार

रुपन्देहीमाथि अत्तरियाको शानदार जित


१८ चैत, काठमाण्डौ । धनगढी पि्रमियर लिग क्रिकेट (डीपीएल)मा सीबाईसी अत्तरियाले ९ विकेटको शानदार जित निकालेको छ ।

रुपन्देही च्यालेन्जर्सलाई मात्र ६१ रनमा अलआउट गरेको अत्तरियाले मात्र ७.३ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य भेट्टायो । सुवास खकुरेल १९ रनमा आउट भए । गोरभ चित्तरा ३० र प्रेम तामाङ १४ रनमा अविजित रहे ।

यसअघ पहिले ब्याटिङ गरेको रुपन्देहीले मात्र १५.२ ओभरमा सबै विकेट गुमाएर ६१ रन बनाएको थियो । उसका सुफयान मोहम्मदले २० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !