३ असार २०८१, आइतबार

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण दोस्रो खेल : नेपालविरुद्ध भारतको सानदार जित


नेपाल र भारत अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल

काठमाडौँ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा भारत विजयी भएको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल दोस्रो खेलमा नेपालविरुद्ध भारतले २-१ को अग्रता लिंदै विजय भएको हो ।

आज भएको खेलमा भारतका फारुख चौधरीले दोस्रो हाफको ६२ औं मिनेटमा भारतको लागि पहिलो गोल गरेर खेललाई अग्रता दिलाएका थिए । यस्तै भारतीय राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले दोस्रो हाफको ८० औं मिनेटमा भारतको लागि दोस्रो गोल गरेर भारतलाई सानदार जिताएका हुन् ।

नेपालका तेज तामाङले खेलको ८६ औं मिनेटमा १ गोल गरेर नेपाललाई २–१ को अवस्थामा ल्याएका थिए । यसअघि भाद्र १७ गते बिहिबार नेपाल र भारतबीच भएको पहिलो खेल १-१ को बराबरीमा सकिएको थियो ।

बिहीबार भएको खेलमा घरेलु मैदानमा पहिलो हाफमा अञ्जन विष्टले खेलको ३६ औं मिनेटमा नेपालको लागि पहिलो गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए ।

यस्तै भारतका अनिरुद्र थापाले दोस्रो हाफमा खेलको ६० औं मिनेटमा भारतको लागि पहिलो गोल गरेर खेललाई बराबरीमा फर्काएका थिए । आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिप फुटबलको तयारीस्वरुप यी दुई टोलीले मैत्रीपूर्ण खेल खेलेका हुन् ।

आजको नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल हेर्न पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हेर्न पुगेका थिए । यसैगरी गृहमन्त्री बालकृष्ण खाण पनि आजको खेल हेर्न दशरथ रंगशाला पुगेका थिए ।

यो पनि पढ्नुहोस्

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण दोस्रो खेल : नेपालविरुद्ध भारतलाई २-० को अग्रता

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण दोस्रो खेल : नेपालविरुद्ध भारतको पहिलो गोल

एमाले अध्यक्ष ओली नेपाल र भारत वीचको मैत्रीपूर्ण फुटबल हेर्न रंगशालामा

किरण चेम्जोङले कायम गरे राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने कीर्तिमान

मैत्रीपूर्ण फुटबलः नेपाली टोली उत्साहित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : नेपाल र भारतबीचको दोस्रो खेल आज हुँदै

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल : नेपाल र भारत १-१ गोलको बराबरीमा

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल : नेपालविरुद्ध भारतले पनि गर्यो १ गोल

भारतविरुद्ध नेपालले गर्यो १ गोल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !