१५ बैशाख २०८१, शनिबार

सन्दिपले दिलाए नेपाललाई तेस्रो विकेट


Sandeep

१ चैत, काठमाण्डौ । विश्वकप छनोटको प्लेअफमा पपुवा न्युगिनीसँग खेलिरहेको नेपाललाई तेस्रो सफलता मिलेको छ ।

१२.४ ओभरमा नेपालका लेग स्पिनर बलर सन्दिप लामिछानेले पपुवा न्युगिनीका चाड सोपरलाई १० रनमा एल बि डब्लु आउट गराएका छन् ।

यसअघि पहिलो विकेटको रूपमा सोमपाल कामीले असाद भलालाई १० रनमा एल बि डब्लु आउट गरेका थिए । त्यस्तै दोस्रो विकेटको रुपमा करण केसीले टोनी उरालाई ११ रनमा आउट गराए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !