२६ बैशाख २०८१, बुधबार

त्रिदेशीय टि–२० क्रिकेट फाइनल : कुशलको चौंथो अर्धशतक


टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज

काठमाडौं । नेपाली क्रिकेट खेलाडी कुशल भुर्तेलले टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा चौंथो अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र नेदरल्यान्ड्स बीच भईरहेको त्रिदेशीय टि–२० क्रिकेट सिरिजको फाइनलमा कुशलले अर्धशतक प्रहार गरेका हुन् ।

कुशलले २ छक्का र ५ चौकाको मद्दतमा आफ्नो अर्धसतक पुरा गरेका हुन् । उनले पहिलो विकेटका लागि आसिफ सेखसँग ३० रनको र दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग ५७ रनको साझेदारी गरेका थिए । आसिफ १६ रनमा र ज्ञानेन्द्र ३३ रनमा आउट भए ।

यो समाचार तयार पर्दासम्म नेपालले ३ विकेटको क्षतिमा १८८ रन बनाएर खेलिरहेको छ । नेपालले जारी सिरिजमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्दै आएको छ । फाइनलमा पुग्दासम्म नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै चार खेलमा तीनमा जीत तथा एकमा हार बेहोर्दै फाइनलमा पुगेको हो ।

यो पनि पढ्नुहोस्

त्रिदेशीय टि–२० क्रिकेट : नेपाल सिरिज जित्ने दाउमा

कुशलको विश्व कीर्तिमान : लगातार तीन खेलमा अर्धशतक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !