२४ बैशाख २०८१, सोमबार

तीन टोली फुटसलको उपाधि नजिक


फुटबल

काठमाडौँ । शीर्ष तीन टोली प्रथम भिजनोभा उपत्यकाव्यापी अन्तर विद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि नजिक पुगेका छन् ।

आज भएको खेलमा ब्राइट फ्युचरले कुलेश्वर आवास स्कुल ‘ए’ लाई टाइब्रेकरमा ४–२ गोलले पराजित ग¥यो । दुवै टोलीबीचको खेल निर्धारित समयमा २–२ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरका आधारमा विजेताको छिनोफानो गरिएको हो । यस्तै अर्को खेलमा विश्वनिकेतनले हिमशिखरलाई ६–० गोलले हरायो । विश्वनिकेतनका लागि अनिल नगरकोटीले ह्याट्रिक गर्नुभयो । यस्तै विकेश शाही र सञ्जोग वाइबाले एक एक गोल गर्नुभयो । हिमशिखरले एउटा आत्माघाती गोल गर्न पुगेको थियो । यसैगरी माउन्ट ग्लोरीले ब्राइट एन्जल्स ‘ए’ माथि ३–० गोलको जित दर्ता ग¥यो । तीनवटै गोल एलेक्स पौडेलले गर्नुभएको हो ।

प्रतियोगिताको पहिलो चरणमा शीर्ष तीन स्थानमा रहने टोली उपाधि होडमा प्रवेश गरेका हुन् । अब ब्राइट फ्युचर, विश्वनिकेतन र माउन्ट ग्लोरीबीच राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा हुने छ । सबैभन्दा बढी अङ्क ल्याउने टोलीले उपाधि जित्नेछ । बल्खुको मदननगरस्थित भिजनोभा रिक्रिएसन सेन्टरद्वारा आयोजित सो प्रतियोगिताको शीर्ष तीन टोलीले क्रमशः रु २० हजार, रु १० हजार र रु पाँच हजार पुरस्कार प्राप्त गर्ने छन् ।

समृद्धि र कर्मिस्ता उपाधिका लागि भिड्ने

समृद्धि महर्जन र कर्मिस्ता श्रेष्ठ तेस्रो आईएमई जेटिआई ग्रान्ड जुनियर खुला टेनिस यु–१२ गल्र्सतर्फको उपाधिका लागि भिड्ने भएका छन् ।

मन्डिखाटारस्थित टेबलटेनिस कोर्टमा भएको सेमिफाइनलमा महर्जनले प्रजना महर्जनलाई ६–४ र ६–४ को सेटमा हराउँदै फाइनलमा स्थान बनाउनुभएको हो । यस्तै श्रेष्ठले आर्या गुरुङलाई ६–२ र ६–० को सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गर्नुभएको हो । प्रतियोगितामा यु–१० ब्वाइजतर्फ असभ सम्राट हाडा र स्पन्दन उदास फाइनलमा प्रवेश गर्नुभएको छ । हाडाले अनिस कसुलालाई ६–१ र ६–० सेटमा तथा उदासले डोजन गुरुङलाई ६–० र ६–० सेटमा हराउँदै उपाधि भिडन्त पक्का गर्नुभएको हो ।

यस्तै यु–१२ ब्वाइजतर्फ दर्शिल श्रेष्ठ, सृजन भट्टराई, निसाध जोशी र बोरिस अधिकारी सेमिफाइनलमा प्रवेश गर्नुभएको हो । ब्वाईज युगलतर्फ निहाल थापा र सक्षम विक्रम शाह, प्रनभ मानन्धर र राजवीर प्रधान तथा प्रितम परियार र सौगात विकको जोडी सेमिफाइनलमा प्रवेश गरेको छ । आईटिएफ र नेपाल टेनिस सङ्घको नियमअनुसार सञ्चालन भएको सो प्रतियोगितामा ब्वााईजतर्फ ६ तथा गल्र्सतर्फ पाँच विधामा प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिता आइतबारसम्म चल्ने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !