२२ बैशाख २०८१, शनिबार

त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालको दोस्रो गोल


नेपाली फुटबल टीम

काठमाडौं । त्रिदेशीय फुटबल प्रतियोगिता नेपालले दोस्रो गोल गरेको छ । राजधानी काठमाडौँको दशरथ रंगशालामा भएको खेलमा नेपालका तर्फबाट बिशाल राईले ४२ औं मिनेटमा दोस्रो गोल गरेका हुन् ।

यसअघि खेलको १८ औं मिनेटमा सञ्जोग राईले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । बंगलादेशविरूद्ध अत्यन्तै आक्रमक रहेको नेपालले पहिलो हाफमै २-० को अग्रता लिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !