२६ बैशाख २०८१, बुधबार

पहिलो अभ्यास खेलमा नेपाल विजयी


nepali player

१६ माघ, काठमाण्डौ । विश्व क्रिकेट लिग डिभिजन टूको तयारीको लागि रहेक नेपालले पहिलो अभ्यास खेलमा यूएईको ‘ए’ टिमलाई २५ रनले हराएको छ । नेपालले तीन बल खेल्न बाँकी छँदा सबै विकेट गुमाएर २४६ रन बनाएको थियो । जवाफमा यूएई एले ४८.४ ओभरमा सबै विकेट गुमाएर २२१ रन मात्र बनाउन सक्यो ।

फहाद नवाज र चिराग सुरीले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए । तर, नवाज ३६ रनमा आउट भएपछि घरेलु टोलीले लगातार विकेट गुमायो । १११ रन जोड्दा ५ विकेट गुमाएको उसका निल लोबोले ५९ रनको पारी खेले । सुरीले ४५ रन बनाए भने अन्यले २० रन कटाउन सकेनन् ।

नेपालका कप्तान पारस खड्का एक्लैले ९.४ ओभरमा ३६ रन दिएर ५ विकेट लिए । दिपेन्द्र सिंह ऐरीले ३ विकेट लिँदा ललित भण्डारी र करण केसीले १-१ विकेट हात पारे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !