१४ बैशाख २०८१, शुक्रबार

मुखर्जीको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ : राष्ट्रपति भण्डारी


विद्यादेवी भण्डारी

काठमाडौँ, १५ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको आज भएको निधनबाट आफू मर्माहत भएको बताएकी छिन् ।

उनले आज साँझ ट्विट गर्दै नेपाली जनता, नेपाल सरकार तथा आफ्नो व्यक्तिगत तर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकूल परिवारप्रति समवेदना व्यक्त गरेकी हुन् । “उनको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ”, ट्विटमा उल्लेख छ ।

‘भारतका पूर्व राष्ट्रपति श्री प्रणव मुखर्जीको आज भएको दु:खद् निधनबाट मर्माहत भएको छु । नेपाली जनता, नेपाल सरकार तथा मेरो व्यक्तिगत तर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । उहाँको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ’, ट्विटमा उल्लेख छ ।

भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा सोमबार निधन भएको छ । स्वास्थ्य अवस्था बिग्रिएपछि २ साताअघि उनलाई दिल्लीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको थियो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु