२१ बैशाख २०८१, शुक्रबार

भक्तपुरका दुवाकोट र शंखधर चोक आसपासका क्षेत्र सिल


भक्तपुरका दुवाकोट र शंखधर चोक आसपासका क्षेत्र सिल

३१ वैशाख, भक्तपुर । भक्तपुर जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भेटिएका दुई ठाउँलाई प्रहरीले सिल गरेको छ । मंगलबार दुवाकोटमा बस्दै आएका १ जना पुरुष र मध्यपुर थिमि नगरपालिका, शंखधर चोकनजिकै बस्ने १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएसँगै बुधबार बिहान प्रहरीले दुवाकोट र शंखधर चोक आसपासको क्षेत्रलाई सिल गरेको छ । भक्तपुरमा कार्यरत ती नर्स सुनसरीबाट आएर साथीको कोठामा आएर बसेकी थिइन् । साथी पनि भक्तपुरकै स्वास्थ्य संस्थामा कार्यरत नर्स हुन् । साथीको कोठामा बसेकै बेलामा उनमा संक्रमण पुष्टि भएको हो ।

दुवाकोटमा भेटिएका संक्रमित पुरुष सशस्त्र प्रहरी रहेको स्रोतले जनाएको छ । उनी पूर्व गृहमन्त्री तथा नेकपा स्थायी कमिटि सदस्य भीम रावलका सुरक्षामा खटिएका सुरक्षा गार्ड हुन् । तर एक महिनाअघि देखि उनी बिदामा बसेका थिए । प्रहरीले दुवै जनाको ट्राभल हिस्ट्री पत्ता लगाएर कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिसकेको जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !