४ जेष्ठ २०८१, शुक्रबार

फुङलिङका आगलागी पिडितहरुलाई राहत र पुनःनिर्माण – पूर्वप्रधानमन्त्री खनाल


Jhalanath-khanal

काठमाडौँ, वैशाख २० । पूर्वप्रधानमन्त्री एवं नेकपाक वरिष्ट नेता झलनाथ खनालले फुङलिङका आगलागी पिडितहरुलाई तत्काल राहत दिन र पुनःनिर्माणमा लाग्नुपर्ने बताएका छन् । आज सामाजिक संजाल मार्फत उक्त कुराको ध्यानाकर्षण गराएका हुन् ।

जाे राति (२०७७ बैशाख १९ गते) ताप्लेजुङ जिल्ला सदरमुकाम फुङलिङ बजारको माथिल्लो क्षेत्र ट्याक्सी काउन्टर लाइनमा आगलागी भई व्यक्तिगत, संस्थागत र अन्य व्यवसायिक भौतिक संरचनाहरुमा ठुलाे क्षति भएकाे खबरले मलाई स्तब्ध बनाएको उनले बताएका छन् । आगलागीबाट कुनै पनि मानवीय क्षति नभए तापनि जन समुदायकाे चल-अचल सम्पतिमा पुगेको क्षतिप्रति दुःख पनि उनले व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, आगलागी नियन्त्रण गरि थप क्षति हुनबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्नु हुने स्थानीय जनसमुदाय, जनप्रतिनिधि एवं सुरक्षा निकाय सम्पूर्णलाई धन्यवाद दिन चाहान्छु । साथै क्षति भएकाे भौतिक सम्पतिहरुकाे विवरण यथासिघ्र सम्बन्धित निकायबाट प्राप्त गरि सम्बन्धित पिडित पक्षहरुलाई तत्काल राहत दिन र पुनःनिर्माणमा लाग्न सरोकार सबै पक्षलाई ध्यानाकर्षण उनले गराएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !