२१ बैशाख २०८१, शुक्रबार

महिला हिंसाका घटना बढेको भन्दै विरोध पदयात्रा


२५ वैशाख, काठमाण्डौ । पूर्वाञ्चल क्षेत्रमा महिला हिंसाका घटना बढेको विरोधमा काँकडभिट्टामा महिलाले विरोध पदयात्रा गरेका छन् ।

राष्ट्रिय महिला आयोगले २०७४ सालमा प्रकाशन गरेको तथ्यांकमा सबैभन्दा बढी घटना पूर्वमा भएका कारण उनीहरूले सरकारसँग सुरक्षाको माग गर्दै दबाब पदयात्रा गरेका हुन् ।

पदयात्रापछिको कोणसभालाई सम्बोधन गर्दै जनचेतना केन्द्रका अध्यक्ष राधा प्रधानले नेपालमा कानून कडा भए पनि कार्यान्वयन नहुँदा अपराधीले प्रश्रय पाइरहेको हुँदा बाध्य भएर विरोध गर्नुपरेको बताउनुभयो ।

सभामा अधिकांश महिलाले अपराधीलाई कडा सजाय नभएसम्म महिला हिंसामा कमी नआउने बताउनुभएको थियो । उनीहरूले आजै मेचीनगर नगरपालिका र जिल्ला प्रशासन कार्यालय झापामा पनि महिलाको सुरक्षाको माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !