२१ बैशाख २०८१, शुक्रबार

भूकम्पले अझै दुःखी तुल्याइरहेको छ : राष्ट्रपति भण्डारी


bidhya-bhandari

१२ वैशाख, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वर्षअघि आजकै दिन गएको भूकम्पले उत्पन्न गराएको त्रासदी, मानवीय एवं संरचनामा पुर्‍याएको क्षतिले अझै आफूलाई दुःखी तुल्याइरहेको उल्लेख गरेकी छिन् ।

उनले बुधबार ट्वीट गर्दै पुनःनिर्माणमा सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुका साथै विपत्तिमा अमूल्य जीवन गुमाउनेहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छिन् । साथै, घाइते र पीडितमा गहिरो माया व्यक्त गरेको राष्ट्रपति भण्डारीको ट्वीटमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !