१२ बैशाख २०८१, बुधबार

सम्भोगको समयमा स्त्रीलाई किन कस्ट हुन्छ ?


pain in sex

चिकित्सा विज्ञानमा कस्ठ्प्रद सम्भोगलाई डाइस्पेरिउनिया (Dyspareunia) भनिन्छ । महिलाहरुमा यो समस्या हिजो आज बढदै गएको पाइन्छ । यस्तो समस्या भएको महिला सँग पतिले सम्भोगको प्रयास गरेमा विविन्न बहानामा पन्छिन खोज्छ्न । पत्निको त्यो ब्यवहारले पतीलाई हिन भावना मात्र नभइ अविस्वासको वातावरण समेत पैदा हुन जान्छ । कस्ट हुनुमा मानसिक तथा शारिरिक दुबै कारण हुन सक्छ ।

मानसिक कारण
मानसिक कारणमा नव विवाहित स्त्रीमा संकोच ,सम्भोगप्रती अत्याधिक घृणा , भय अथवा बलात्कारको सिकारमा परेको भए त्यसको कटु अनुभव ,पती मन नपर्नु , पतिको चाल ढालामा बिस्वास नलाग्नु आदी पर्दछ्न ।

शारीरिक कारण
यस अन्तर्गत स्त्री अङ तथा योनङको माम्सपेसी कडा हुनु , योनी मार्ग साँघुरो हुनु ,योनी भित्र छाला सुक्का हुनु , योनी मार्गमा घाउ हुनु , सुन्निनु , योनी भित्र चिप्लो पानी नबहनु , गर्भ निरोधक औषधीको प्रयोगले एलर्जी हुनु ,अती संम्बेद्नसिलता, अति लजालु पना ,गर्भासय , डिम्ब नली र मुत्रासयमा घाउ हुनु , योनी मार्ग बांगो हुनु ,योनिमा क्यान्सर जस्तो समस्या देखा पर्नु , गर्भासय तथा डिम्ब ग्रन्थीमा ट्युमर हुनु आदी कारणहरु पर्दछन ।

समाधान
यो समस्याबाट मुक्ती पाउनको लागी सम्भोग पूर्व पती तथा पत्नी दुबैले योनाङमा तेल लगाउनाले धेरै फाइदा हुन्छ । त्यस्तै पतिले संकुचित तथा भयभित पत्नीलाई सान्त्वना वा आत्मविस्वास जगाउने गर्नु पर्दछ र अवस्था हेरी सामान्य परिस्थिती जन्य समस्यालाई सही निरुपण गर्नुपर्ने हुन्छ । यि उपायले पनि समस्याको समाधान नभएमा उचित निराकारणको लागी स्त्री रोग विशेषज्ञ को सल्लाह लिइ उपचार गर्नु उत्तम हुन्छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !