१२ बैशाख २०८१, बुधबार

यौन सम्पर्कका बेला महिलाले गर्ने गल्ती


sexual

खुसी जीवनको एउटा महत्वपूर्ण पाटो यौन सम्पर्क पनि हो । सुखद दाम्पत्य जीवनका लागि महिला र पुरुष दुवैको महत्वपूर्ण भूमिका हुन्छ । एउटासँग कुशल सीप नहुँदा सम्बन्धमा नै उतार चढाव आउन सक्छ । यौन सम्पर्कका बेला महिलाले गर्ने गल्तीहरु:

१. यौनाङ्गको सफाई:
महिलाहरु तयार रहनुहोस् । कुनै पनि पुरुष यौन सम्पर्कको बेला चार कोषे झाडीको अवरोध सहन चाहँदैनन् ।

२. अँध्यारोमा यौन :
पुरुषहरु उज्यालो मन पराउने प्राणी हुन् । तपाईं साँच्चै पुरुषबाट पर्याप्त आनन्दको लागि उसलाई सधैं तयार राख्न चाहनुहुन्छ भने उज्यालोमै रमाउन तयार रहनुहोस् । झिलीमिली नै नभए पनि कमसेकम मैन बत्ती त बाल्नुहोस् ।

३. जन्म नियन्त्रण :
गर्भाधानको टेन्सन पुरुषलाई पनि हुन्छ । यदि उसले मान्दैन भने तपाईंको भविष्यप्रति चिन्तित नहुनेसँग किन यौनको लागि तयार हुनुहुन्छ ? पेन्गुइनलाई हिउँमा लगाउने जुत्ता चाहिन्छ र ? कन्डोमको व्यवस्था तपाईं आफैं मिलाउनुहोस् ।

४. सेक्सको सुनलाई प्रेमको बासना :
लामो सयमसम्मको यौन सम्पर्क भनेको स्थायी प्रेम होइन । यौन सम्पर्क गर्नुअघि केही समय उसलाई समय दिनुहोस् । ताकि प्रेममय यात्रा होस् । भनिन्छ नि प्रेमरहित यौनसम्पर्क भनेको वेश्यावृद्धि हो ।

५. खुट्टाको झाडी :
रौंले भरिएका खुट्टाहरुबाट पनि आनन्द लिन सकिन्छ । त्यसलाई सधैं मुलायम र रेशमी बनाइराख्नुहोस् । त्यसो त, यो कुरा तपाईको पार्टनरसँग पनि भर पर्न सक्छ ।

६. आनन्दसँग पौडिनुहोस् :
टाँस्सिएर मात्रै नबस्नुस् र उसलाई सबै काम गर्न दिनुहोस् । तपाईं कस्ती देखिनुभएको छ, त्यो ठूलो कुरा होइन, तपाईंले कस्तो गति प्रयोग दिनुहुन्छ, यौन आनन्दको लागि त्यो ठूलो कुरा हुन्छ । काममै समर्पित राख्नुहोस् । भनिन्छ नि, मेहनतको फल मिठो हुन्छ ।

७. यौन सामग्री हेर्नमात्रै :
यौन सामग्री प्रकाशित पत्रपत्रिका मात्र आनन्दका लागि हुन् । यसलाई पछ्याउन थाल्नुभयो भने यसले तपाईंहरुको सम्बन्ध ध्वस्त पार्न सक्छ ।

८. अंगालोमा लुटुपुटिने अपेक्षा :
कहिलेकाँही पुरुषहरु यौन सम्पर्कपछि एक्लै बस्न रुचाउँछन् । उसको शरीर पुरै बन्द जस्तो हुन्छ, सेलाएको हुन्छ । यो तपाईंको विरुद्धमा होइन । उसको विशेषता हो । यसलाई त्यसरी नै बुझ्नुहोस् ।

९. तपाईंको चरम यौन उत्तेजनाको लागि पुरुषमा भर पर्नु :
आफ्नो यौन उत्तेजना उत्कर्षमा ल्याउन उसलाई सहयोग नगरी, उसँगै यात्रा नगरी वा उसलाई बाटो नदेखाई गरिने पर्यत्न ब्यर्थ हुन्छ । तपाईंलाई थाहा छ नि पुरुषहरु निर्देशन माग्दैनन्, उसलाई संकेत गर्नुहोस् । तपाईलाई कसरी आनन्द हुन्छ, त्यही गर्न भन्नुहोस् ।

१०. त्यति सजिलो खेल होइनन नि यो :
पुरुषहरु आखिर मेसिन होइनन् । तपाईंले आदेश दिनासाथ सबै काम गर्न सक्दैनन् । धैर्य गर्नुहोस्, उसले तपाईंकै लागि मेहनत गर्दैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !