१२ श्रावण २०८१, शनिबार

योनी चिलाउने समस्या र समाधान


shutterstock

मानिसको जीवनमा विभिन्न खालका समस्याहरु हुन्छन् । जसमध्ये महिलाको योनी चिलाउनु पनि एक हो । यो समस्या प्राय धेरै महिलाहरुमा देखा पर्ने गर्दछ । लामो समयसम्म चिलाउनु वा बारम्बार चिलाइ राख्नु राम्रो लक्षण होइन । योनी चिलाउनुको प्रमुख कारण यौन अंगमा सरसफाइको कमि हो । धेरै जनासँग असुरक्षित शारीरिक सम्बन्ध राखेमा पनि यो समस्या देखा पर्न सक्दछ ।

योनि चिलाउनुका कारणहरु:
१. तनाव
२. यिस्ट (ढुसी) संक्रमण
३. सुख्खा छाला
४. यौन संक्रमण

योनी चिलाउने समाधान गर्ने घरेलु उपायहरु:

१. यदि धेरै जनासँग यौन सम्पर्कले यस्त समस्या भएको हो भने सबैभन्दा पहिले त्यस्तो कार्य बन्द गर्नु पर्दछ ।
२. कुनै रसायनिक पदार्थको प्रयोगवाट हो भने त्यस्तो कार्य गर्नु हुँदैन ।
३. बास्नादार टावेल वा बाथ टबमा नुहाउँदा भएको हो भने त्यसो गर्न छोड्नु राम्रो हुन्छ ।
४. सुतिको पेन्टी मात्र प्रयोग गर्ने र चिलाइ निको नभएसम्म राति सुत्दा पेन्टी नलगाउनु राम्रो हुन्छ ।
५. चिलाउन निको नभएसम्म यौन सम्पर्क नराख्ने र राख्नै परे कन्डमको प्रयोग गर्ने ।
६. योनि सुख्खा हुने समस्या छ भने यौन सम्बन्ध राख्दा चिप्लो बनाउने चिल्लोको प्रयोग गर्ने ।
७. सधैँ यौन अंग राम्रोसँग सफा गर्नु पर्दछ ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !