७ बैशाख २०८१, शुक्रबार

यौन स्वास्थ्य आजको आवश्यकता


यौन स्वास्थ्य

पारिवारिक सुखको आधार भनेकै यौन स्वास्थ्य हो । जबसम्म हामीले यौनका कुरा खुलेर गर्न सक्दैनौं तबसम्म आफुमा भएको कमजोरलाई देखाउन सक्ने छैनौं । यो समस्या अधिकांश घरमा हामीले देख्न र महसुस गर्न सक्छौ ।

यहाँ पुरूषको मात्र होइन परिवारमा पनि यो समस्या हुन सक्छ । यौन स्वास्थ्य सम्वन्धी लेख लेख्न केहि साथीहरूले आग्रह गरेको यो लेख लेख्ने प्रयत्न गर्दैछु । शरिर स्वस्थ रहन सवैभन्दा पहिले यो मन स्वस्थ हुन आवश्यक छ ।

मन स्वस्थ भएमा मात्र यो शरीर स्वस्थ रहन सक्छ । अब हामीले २१ औं बसन्त पार गरिसकेका छौं । हामीले दरदरको ठक्कर खाने समय छैन । यौन चाहना मेटाउन विज्ञानले अनेकौं उपाय ल्याइसकेको छ ।

हाम्रो भान्सामा पनि यस्ता कमजोर हटाउन सक्ने सुविधा छ । हामीले यस्ता वस्तुको पहिचान गरेर लाभ उठाउन सक्ने भएका छौ । यौन कमजोर हुने साथीहरू खुलेर कुरा गर्ने बानी बसालौं भन्ने परामर्श मेरो रहेको छ ।

हजुर शिघ्र स्खलनबाट पिडित हुनुहुन्छ वा यौन चाहना नै हुदैन भने यस्को पछाडिको कारणमा हामी बहस गर्न सक्छौ । समाधान गर्न सक्छौ । हामीसंग समस्या समाधान गर्ने उपाय प्रकृतिले दिएको छ ।

यस्ता विषयलाई कमजोर बनाउदै गर्दा मान्छे डिप्रेसनसम्म पुग्दै बाँच्दासम्म लागुऔषध खाएर बस्ने कालान्तरमा सुसाइटसम्म गर्ने गरेका घटना सुन्न र देख्न सक्छौं ।

यस्तो समस्या न दोहरियोस भन्नका लागी यो लेखले मद्दत गर्नेछ । शरीर स्वस्थ रहन यौन कति आवश्यक छ भन्ने कुरा हरेकले बुझ्न सके यसका फाइदा हरेकले उठाउन सक्ने छन् । प्रकृतिले हरेक मान्छेमा फरक-फरक विचार राख्ने गरेको हुन्छ ।

आजकल गाउँ घरमा यौन उत्यजना बढाउन जाँड रक्सीको सेवन गर्ने चलन बढी छ । यसले कसैलाई फाइदा होइन झन समस्या निम्ताउने परिवारको खुसिलाई भताभुङ्ग बनाउने फिजुल खर्च बढाउने काम गर्ने गरेको हामीले अनुसन्धानमा पाएका थियौँ ।

रक्सी खानेको यौन शक्ति क्षीण हुने कुरा हामीले एक अध्ययनबाट देखेका छौं । रक्सी खानेको परिवार नै बढी डिप्रेसनमा परेको हामीले यो अध्ययनमा पायौं त्यसैले यौन स्वास्थ्य ठिक हुन दुवैको सहयोग बराबर भएमा मात्र दुबैलाई फाइदा हुने तर एकलाई हुने तर अर्कालाई नहुने भएमा यसको असरले परिवार रोगको दलदलमा फस्ने हुन सक्छ ।

अन्तमा यौन शक्ति बढाउन के कस्ता खाना खाने, के कस्ता खानाले दुबैको स्वस्थ ठिक हुनसक्छ भन्नेतर्फ लागौं ।

१. महिलाको स्वस्थ ठिक हुनका लागि दैनिक एक गलास अनारको जुस सेवन गर्नुपर्छ । यसले शरीरमा रगतको मात्रा बढाउनुको साथै शरीरलाई फुर्तिलो बनाउदछ ।

२. भान्सामा भएको प्याजको सलाद बनाएर नियमित सेवन गर्नाले पनि फाइदा गर्छ ।

३. अशोगन्धा क्यापसुल दिनमा दुई पटक दुई क्याप्सुल दुधसंग खाने ।

४. बिहान नास्ता पछाडि २,३ वटा सानो अलैची चपाउने ।

५. एउटा पाकेको केरा र खजूर ५,६ दाना जतिसंग मिश्री मिलाएको गरम दूध दुबैले खाने गर्नुस् ठिक हुन्छ । यसले पुरूषहरूमा शुक्रकिट बढाउनुको साथै कामोउत्यजना उत्तपन्न गराउदछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !