१२ श्रावण २०८१, शनिबार

यौन चाहना पुरा गर्न हस्तमैथुन कति सुरक्षित छ ?


यौन चाहना

आज पुरूष होस् या महिला यौन इच्छा जाग्नु स्वभाविक हो । तर यौन चाहना हुँदाहुँदै पुरा नहुनु पनि एउटा समस्या हो । आज यौन चाहनाको अभावमा महिला या पुरूष डिप्रेसनको सिकार भएका छन् ।

शरीर स्वस्थ रहन जति आवश्यक खानाको छ त्यति नै आवश्यक यौन चाहना पुरा गर्नुलाई मान्न सकिन्छ । यौन चाहना गलत तरिकाबाट पुरा गर्दा यसले समाजमा ठूलो समस्या निम्ताउन सक्छ । हरेक पुरूष महिलाले चाहेमा यौन चाहना पुरा हुन सक्छ ।

यस विषयमा हामीले आफ्नो पार्टनरबाट यौन चाहना पुरा गर्न सक्छौ तर त्यसका लागि हामीले खुलेर एक आपसमा कुरा गर्नुपर्ने हुन सक्छ । यौन सन्तुष्टि पुरा गर्न हस्तमैथुन पनि एउटा माध्यम हुनसक्छ । आजकल युवा युवतीहरू हस्तमैथुनको लतमा परेको देखिन्छ ।

सामान्य अवस्थामा हप्तामा १,२ पटक हस्त मैथुन (Masterbation) गर्दा खासै फरक पर्दैन तर अत्यधिक हस्तमैथुन गर्दा स्वास्थ्यमा नकरात्मक प्रभाव भने पक्का हुन सक्छ । आउनुस् यस विषयमा केही जानौं । आजको लेखमा मैले हस्तमैथुनको बारेमा जानकारी पस्कने छु ।

बढ्दो यौन चाहनालाई सुरक्षित तरिकाले व्यवस्थापन गर्ने भरपर्दो विधिमा हस्तमैथुन पर्दछ । हस्तमैथुनले यौनातुर पुरुष र स्त्रीलाई आफूले राख्न नचाहेको वा सामाजिक नैतिक मान्यता बाहिर परेको यौन सम्बन्धबाट बचादउँछ ।

असुरक्षित यौन सम्पर्कबाट सर्न सक्ने विभिन्न यौन रोगबाट जोगाउँछ । हस्तमैथुन गर्ने अनि हस्तमैथुन गरेकामा अनावश्यक पछुतो मानेर आफ्नो मन-मस्तिष्कलाई अनावश्यक दबाब पुर्याउने र हस्तमैथुनबाट दुब्लाइन्छ, विवाहपछि यौन जीवन बिग्रन्छ, यौनांग टेढो वा सानो हुन्छ भन्ने जस्ता भ्रम पालेर आफूलाई अस्वस्थ मान्छे ठान्नु भ्रम बाहेक केही हुदैन ।

हस्तमैथुनको कारण मानिस दुब्लाउँदैन । कति हस्तमैथुन गर्ने भन्ने विषय व्यक्तिको यौन चाहना भएका बेला यौन साथीको अभावको परिस्थितिले निर्धारण गर्ने कुरा हो । हस्तमैथुन गरेको विषयलाई चिन्ताको रूपमा लिएपछि मात्रै कोही दुब्लाउन सक्छन् ।

अन्यथा हस्तमैथुन गरेकै भरमा मानिस दुब्लाउने कुरा वैज्ञानिक रूपमा प्रमाणित भएको छैन । तर, हस्तमैथुनलाई आवश्यकता भन्दा बढी लतका रूपमा प्रयोग गर्ने र यसलाई सम्भोगको स्थायी विकल्पका रूपमा प्रोत्साहन दिएर धेरै नै अग्रगामी बन्ने दु:साहस कसैले गर्नु हुँदैन ।

कुनै पनि बस्तुलाई आवश्यक भन्दा बढी प्रयोग गर्दा नोक्सान हुन सक्छ तर सामान्य अवस्थामा यसको प्रयोगले शरीर कमजोर हुन सक्छ । यस्तो नहोस् भन्नाका लागि पौष्टिक आहारमा विषेश ध्यान दिन आवश्यक छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !