७ बैशाख २०८१, शुक्रबार

महिलाको यौन क्षमता बढाउने सरल घरेलु उपायहरु


यस्तो ओठ हुने महिला बढी कामुक हुन्छन्

यौन चाहना सबैमा हुन्छ तर कमजोर शरीरका कारण यौनमा रूचि नहुनु स्वाभाविक हो । हरेक महिलाको यौन चाहना बढाउन पौष्टिक खाना आवश्यक छ । आज हरेक पुरूषले बाहिर गएर मिठा-मिठा परिकार खाएको हुन्छ । तर परिवारमा सबैले खानुपर्छ भन्ने सोच कम जागेको देखिन्छ ।

महिलामा यौन चाहना नहुँदा जबर्जस्ती प्यास मेटाउन खोज्दा यसको असर उनको स्वास्थ्यमा पर्ने हुन सक्छ । हामीले आफूलाई परिपक्व ठान्ने तर परिवारलाई कस्तो छ भन्नेतर्फ हाम्रो ध्यान नपुगेको देखिन्छ । यौन सन्तुष्टि दुवैले समान तरिकाबाट मेटाउन सकुन भन्ने सोच हरेकमा जाग्न आवश्यक छ ।

आज हरेक परिवारमा यो समस्या देखिन थालेको छ । महिलामा यौन चाहना नहुँदा पारिवारिक कलह हुने घरमा अशान्ति हुने वा डिभोर्स जस्तो समस्या आइलाग्ने सम्भावना आय दिन देखिन थालेको छ । परिवार सन्तुष्टि भए घरमा ठूलो परिवर्तन आउन सक्छ । आज यौनका बारेमा हाम्रा पाठकहरूलाई लेख पस्किन गइरहेको छु ।

यौन चाहना बढाउन प्रकृतिले हामीलाई थुप्रै पौष्टिक आहारको रूपमा औषधि दिएको छ तर त्यस्ता औषधि हामीले भान्साबाटै कसरी प्राप्त गर्न सक्छौ भन्ने कुरा हरेकले जान्न आवश्यक छ । यस्ता वस्तुको प्रयोग सदियौदेखि भइरहेको तर त्यस्ता औषधिले यौन शक्ति बढाउन सक्छ भन्ने राम्रो जानकारी नभएको देखिन्छ ।

आजको लेखमा यौन शक्ति बढाउन कस्तो वस्तुको सेवन गर्न सकिन्छ भन्नेबारे जानकारी दिन गइरहेको छु । कस्तो औषधि सेवन गर्नाले यसको समाधान सम्भव छ भन्ने कुरा जान्न आवश्यक छ ।

यस्ता छन् भान्साको घरेलु औषधिहरु

१. हाम्रो भान्सामा भएको ज्वानोमा एंड्रोस्टेरोन पाइन्छ जसको कमिले गर्दा यौनमा अरूची हुन सक्छ । एंड्रोस्टेरोन एउटा यौन हर्मोन हो । यसको अभावमा यस्तो समस्या देखिएको हुन्छ ।

२. ज्वानो हामीले बच्चा जन्मेको बेला सुत्केरीलाई दिने प्रचलन सदियैदेखि थियो आज पनि छ । ज्वानोमा पौष्टिक तत्व हुने हुनाले दुग्ध उत्पादनमा ठूलो भूमिका यसले निर्वाह गरेको छ भने यसले ताकत दिने काम पनि गर्दछ । हाम्रो भान्सामा अटाउने ज्वानो दैनिक हरेक सब्जीमा राखेर खाने गर्नाले राम्रो फाइदा गर्दछ । ज्वानोलाई पिसेर पाउडर बनाएर खान पनि सकिन्छ ।

३. हामीलाई प्रकृतिले यस्ता अनगिन्ती औषधि यत्रतत्र छरिदिएको छ । यसको सहि उपयोग हुन नसक्दा राम्रो फाइदा उठाउनबाट बन्चित भएका छौं । यौन शक्ति बढाउन लसुन र प्याजको भूमिका पनि राम्रो छ प्याज र लसुनलाई घिउमा भुटेर खाने गर्नुस् राम्रो फाइदा देखिन थाल्दछ ।

४. हाम्रो भान्सामा भएको ज्वानोका फाइदा धेरै छन् । ज्वानोलाई पिस्नुस् र ज्वानाको पाउडर बनाएर राख्नुस । एक गिलास दूधमा एक चमच ज्वानो राखेर पकाउनुस् र नित्य खानुस् केहि दिनमा यस्को फाइदा देख्न सक्नुहुन्छ । ज्वानोलाई अन्य तरिकाबाट पनि लिन सकिने छ ।

५. महिलाको यौन चाहना बढाउन ज्वानो पछि अनारको जुसले पनि राम्रो भूमिका खेलेको छ । जब शरीरमा रगतको मात्रा कम हुन्छ त्यति बेला पनि यो समस्या महिलामा देखिन सक्छ । यस्तो समस्या हटाउन दैनिक एक गिलास जुस कम्तीमा १५ दिन सेवन गर्नुस् राम्रो फाइदा गर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !