११ श्रावण २०८१, शुक्रबार

पुरूष किन छिटो स्खलन हुन्छन् ?


छिटो स्खलन

पुरूष किन छिटो स्खलन हुन्छन् ? भन्ने विषयमा लामो अध्ययनको खाँचो छ । हरेक पुरूष छिटो स्खलन हुनुमा मनोबल कमजोर हुनु पनि एक हो । हाम्रो नेपाली समाजमा दुवैको समान सहभागिता नहुने पुरूषले मात्र भूमिका निर्वाह गर्ने जस्ता क्रियाकलापले पनि पुरूष चाँडो स्खलन हुन सक्ने सेक्सलोजिस्टहरू बताउछन् ।

सेक्स एउटा मनोरञ्जन गर्ने माध्यम हो तर कतिपय दम्पतीले सन्तान उत्पादन गर्ने मेसिनको रूपमा मात्र आफुलाई हेरेको पाइन्छ । सेक्स सन्तुष्टि लिनका लागि दुवैको समान सहयोगको खाँचो हुन्छ । सेक्सलाई हामीले जबसम्म मनोरञ्जन र आपसी सहयोगको रूपमा हेर्न सक्दैनौं तबसम्म वास्तविक आनन्द उठाउन सक्ने छैनौं ।

सेक्स गर्दा आपसी सहमतिमा गर्नु राम्रो हुन्छ सहमतिमा गर्दा स्खलन प्रक्रियालाई पर सार्न सकिन्छ । हतारमा गरेको जुनसुकै कामको सफलता कम हुने देखिन्छ । हामीले गर्ने जस्तोसुकै कामलाई एक आपसको सहयोगमा गर्न सके यसले जीवनको वास्तविक आनन्द हामीले उठाउन सक्नेछौं ।

पुरूष शिघ्र स्खलन हुनुमा महिलाको पनि हात रहेको हुन्छ । यदि महिलाले चाहेमा यो समय बढाउन सक्नेछन् । नेपाली समाजमा सेक्सको महत्व नबुझेको हुन सक्ने हाम्रो ठहर छ । सेक्स कमजोर हुनुमा खानपान, रहनसहनमा पनि भरपर्छ । जबसम्म दुबैको समान सहयोग हुदैन तबसम्म चाहेर पनि सेक्सको बास्तबिक आनन्द उठान नसकिने देखिन्छ ।

जीवन जीउन जति खानपिनको आवश्यक हुन्छ त्यस्तै पारिवारिक जीवन सफल बनाउन सेक्सको भूमिका पनि महत्वपूर्ण छ । हामी दिनभरको थकान पौष्टिक खानाको अभावका कारण हामीले गर्ने जुनसुकै काम कमजोर हुन सक्छ यो भनिरहनु पर्ला जस्तो लाग्दैन ।

अर्को रोचक जानकारी आजकल भियाग्रा खाए सेक्स गर्ने चलन आयदिन बढ्दैछ यो नितान्त गलत छ । यसले पनि कालान्तरमा गएर शिघ्र स्खलन जस्ता समस्या देखिन सक्छ । सेक्समा समान सहयोग अपरिहार्य छ तर यस्मा महिलाको स्वास्थ्यलाई पनि ध्यान दिन आवश्यक छ । महिलाको चाहना विपरीत जस्तोसुकै काम गर्नु गलत हुनेछ ।

पुरूषको तुलनामा महिला धेरै पिडित भएको हामीले पाएका छौं । पुरूषको तुलनामा महिलामा सेक्स चाहना बढी भएतापनि उनीहरूको शरीर कमजोर हुनाले सेक्समा बढी चाहना नहुन सक्छ । सेक्स चाहना यदि महिलामा कम छ भने यसको पछाडिको प्रमुख कारणतर्फ पनि हामीले ध्यान दिन सक्नुपर्छ ।

हामीले समए समएमा मुड फ्रेस गर्न घुम्न जाने यस्लेपनी स्वास्थ्यमा राम्रो प्रभाव पार्ने कुरा एक अधियनले देखायको छ।सेक्छ कमजोर हुनुको कारण पत्ता लगायर हामीले पौष्टिक खाना खाने गर्नुपर्छ । हामीले आफ्नो स्वास्थ्य मात्र होइन परिवारको स्वास्थ्यलाई पनि ध्यान दिन सके मात्रै दाम्पत्ते जीवन सफल हुन र सेक्समा समान फाइदा लिन सक्नुहुनेछ ।

खानपिन ले पनि हाम्रो शरीरमा शेक्सको चाहनाई धेरै बढायको हुन्छ भने सेक्स हर्मोनमा पनी बृधी गराएको हुन्छ। सेक्सलाई उत्यजना गराउने खालका खाना जस्तै गरम खाना मरमसला जाड रक्सि हट्ड्रिंक जस्ता पेय पदार्थ र बढी मेडिसिन सके सम्म नखानुस् भन्ने चिकित्सकको परामर्श छ यस्ता खाना खानाले पनी सेक्स कमजोर हुन सक्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !