१४ बैशाख २०८१, शुक्रबार

यौनका कुरा


सेक्स

म पहिलो पटक काष्ट मण्डप यानी काठमाडौं पुग्दा मलाई मन्दिरमा बनाइएका मुर्ति जहाँ यौन लिला रचेका जस्ता दृश्य देख्दा अचम्म लाग्यो । बास्तवमा यौन सन्तुष्टि विना यो धर्तीमा केही हुनेवाला छैन भन्ने संकेत देखाएको छ । स्वास्थ्यका दृष्टिकोणले पनि यौन सन्तुष्टि हुन आवश्यक छ ।

आज मानिस यौन सन्तुष्टि नहुनुको कारण डिप्रेसनमा पुगेको कुरा सेक्सलोजीष्टहरूको मत छ । चाहे जेहोस् स्वास्थ्य प्राप्तिका लागि हामीले यौन सन्तुष्टि धेरै तरिकाबाट लिन सकिन्छ ।

यौनका कारण देशमा दैनिक बलात्कारको घटना आय दिन बढ्दै गएको छ । यसको ठोस् कारण भनेको गलत खानपानको कारण हुन सक्ने एक अध्ययन देखाएको छ ।

यौन पिपासाहरू बढ्नुको प्रमुख कारण भनेको लागु पदार्थ दुर्ब्यसनी बढ्नु हो भन्दा खासै फरक छैन । आज खुलेआम लागुपदार्थ विक्री वितरण हुनुको कारणले पनि यस्तो हुन सक्छ ।

हामीले यस्ता विषयमा गहन अध्ययन गरेर यस्ता पदार्थ विक्रीमा सिस्टमको विकास गर्नुपर्ने देखिन्छ । भारत लगायत अन्य मुलुकमा यस्ता पेय पदार्थ वेच्ने समय र सिमा तोकेको हुन्छ ।

तर हाम्रो मुलुकमा भने तोकेको देखिदैन यस्तो कार्यले बलात्कारको घटनामा बृद्धि भएको हुन सक्ने ठहर छ । रोग लाग्न नदिन पूर्व सतर्कता हुन आवश्यक छ । आज घटना घटि सकेपछि अनुसन्धान हुन्छ तर घटना हुन नदिन के गर्नुपर्ला भन्ने विषयमा ध्यान दिइएको पाइँदैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !