१२ बैशाख २०८१, बुधबार

चाहना अनुसारको यौन सम्पर्क भएपनि किन उदास हुन्छन महिला ?


सहमतिमा यौन सम्पक गर्दा पनि महिलाहरुमा उदासिनताको भावना किन आउँछ ? एक अनुसन्धानले दावी गरेको छ कि इच्छा अनुसार यौन सम्पर्क गरेपनि महिलाहरुमा उदासिनताको भावना आउँछ । अष्ट्रेलियाको क्वीन्सलैण्ड यूनीभर्सिटी अफ टेक्नोलोजीद्वारा गरिएको एक अनुसन्धानका अनुसार यौन सम्पर्कको बेला चरमसख, अत्यधिक आनन्दको अनुभूतिका साथै उदासी पनि एक प्रकारको भावनात्मक अभिव्यक्ति हो । अनुसन्धानकर्ताले सहमतिले यौन सम्पर्कका बाबजुद धेरैजसो महिलामा उदासीको भावना आउने गरेको र यो एक प्रकारले मनोवैज्ञानिक समस्या भएको बताएका छन् ।

अनुसन्धान भन्छ २ सय ३० महिलामा गरिएको अनुसन्धानबाट महिलाहरु यौन सम्पर्कपछि तनाव र उदासी महसुस गर्छन् भन्ने पत्ता लागेको छ । रिपोर्टका अनुसार ५ प्रतिशत महिलाहरुले यस्तो लक्षणको बारेमा बितेको चार हप्तामा महसुश गरे । जबकी ४६ प्रतिशत महिलाहरुले यसलाई जीवनमा कमसेकम एक पटक महसुश गरे । अनुसन्धानकर्ताले यस सम्बन्धमा अझ बढि जानकारी दिदैँ एक महिलाले हामिलाई लेखेको पत्रमा भनिएको छ की, उनको विहेको २० वर्ष वितिसक्यो र उनी यौन सम्पर्कपछि वाथरुममा गएर रुने गर्छिन् । रिपोर्टका अनुसार यो प्रायःजसो महिलाहरुसँग हुने गर्छ, कसैसँग धेरै भने कसैसँग कम । यस अवस्थामा यौन सम्पर्कपछि आफ्नो यौन साथीको राम्रो ध्यान दिनुपर्छ । यौन सम्पर्क भन्दा पहिले फोरप्ले जति आवश्यक छ त्यति नै यौन सम्पर्कपछि आफ्नो यौनसाथीसँग समय बिताउनु जरुरी छ । एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !