१२ बैशाख २०८१, बुधबार

यदि तपाईमा यौन उत्तेजना कमी हुने समस्या छ भने यी चिज खानुस् !


यौन

लसुन प्राचीन कालदेखि नै यौन उत्तेजकको रुपमा लिइन्छ । लसुनमा एलिसिन नाम गरेको तत्व हुन्छ यसले रक्त प्रबाहलाई सुर्धाछ, अत्यधिक सचेत बनाउछ । स्टेमिना बढाउँछ र एक प्रकारको ऊर्जा प्रदान गर्छ । कालो लुसनमा यो गुण अझै बढी हुन्छ । आफ्नो यौन क्षमता बढाउन मध्यकालमा मानिसहरुले मह पिउने गर्थे । प्राचीन समयमा कुनै पनि बिबाहित जोडिलाई बिबाह गरेको एक वर्षसम्म महबाट बनेको पेय पदार्थ नियमित रुपमा खुवाइन्थ्यो, ताकी उनीहरुको हनिमुन रमाइलो होस् र बिबाह सफल होस् । महमा भिटामिन बी पाइन्छ । पुरुषमा टेस्टोरोन (सेक्स हर्मन) उत्पादन गर्न भिटामिन बीको आवश्यकता पर्छ । महले रगतको तहलाई पनि सशक्त बनाउँछ ।

यौन उत्तेजना ल्याउन अदुवा पनि उत्तिकै प्रभावककारी खानेकुरा हो । यसको गन्धले सर्कुलेटरी प्रणालीलाई उत्तेजित बनाई शरिरको हरेक कुनामा रक्त प्रबाह बढाइदिन्छ । भर्खरै बिरामी भएर निको भएका व्यक्तिको तग्रिन पनि यसले सहयोग प्रदान गर्छ । दक्षिण पश्चिम युरोपमा पाइने ट्रफल (एक प्रकारको फन्जी) यौन उत्तेजनाको दृष्टिले महत्वपूर्ण खानेकुरा मानिन्छ । प्राचीन ग्रीस र रोममा यसको अत्यधिक प्रयोग हुन्थ्यो । तेलीय रातो मासुमा प्रोटिन र जिंकको मात्रा उच्च हुने र यसले टेस्टोटेरोनको उत्पादनमा सहयोग पुयाउने गर्छ । अन्जिर वा फिग्सलाई यौन र अपराधसँग सम्बन्धित एउटा कुख्यात खाना हो । एडम र इभको बाइबल कथामा उनीहरुको नांगो शरिर ढाक्न अन्जिरको पातहरुलाई प्रयोग गरी अन्जिरलाई सेक्ससँग पर्याबाची गराइएको छ ।

मेडजोल डेट्स उत्तेजक र पवित्र दुबै मानिन्छ । डेट्स महिलाहरुका लागि निकै उत्तेजक मानिन्छ । यसले कुनै पनि व्यक्तिको यौन जीवनमा सुधार ल्याउने इरान र नाइजेरियाको विश्वास छ । पोषण, भिटामिन, खनिजयुक्त डेट्सले शरिरलाई उर्जा प्रदान गर्छ । प्राचीन चीन र इजिप्टमा यौन उत्तेजना बढाउन लिक्विओराइसको प्रयोग हुन्थ्यो । यसको उपभोगले लिंगमा रगतको मात्रा १३ प्रतिशतले बढाइदिने बताइन्छ । समुद्रिक माछा साल्मोनले पनि यौन उत्तेजना बढाउँछ ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !