७ बैशाख २०८१, शुक्रबार

के हस्तमैथुन गर्दा योनी खुकुलोे हुन्छ ?


हस्तमैथुन

महिलाहरूले पनि आफ्नो यौन सन्तुष्टि पूरा गर्न हस्तमैथुनको सहारा लिएका हुन्छन् । यौन चाहना पूरा गर्न महिला तथा पुरुषले यौन साथी नभएको अवस्थामा आफ्नै हातको प्रयोगले यौन चाहना पूरा गर्नु नै हस्तमैथुन हो । यौन साथी नभएको अवस्थामा मानिसले आफ्ना यौनांगलाई आफैँ घर्षण गराएर आनन्द लिने गर्छन् । योनि मांसपेशीले बनेको नली आकारको एक विशेष अंग हो र यस अंगमा निकै नै तन्कन र खुम्चन सक्ने गुण हुन्छ ।

तन्कन र खुम्चन सक्ने गुण भएकै कारण विभिन नापको लिंग योनिमा प्रवेश गर्दा मिल्ने स्थिति रहन्छ । योनिमा औँला होस् वा लिंग वा अरू कुनै वस्तु प्रवेश गराइएमा वरिपरिबाट योनिको भित्ता सो कुरामा टाँसिएको अवस्थामा नै हुन्छ । बढ्दो उमेर र विवाह गर्ने उमेर पनि नभएको अवस्थामा यौन चाहना पूरा गर्ने वैकल्पिक बाटो हस्तमैथुन नै हो । महिलाहरूले आफूलाई कसो गर्दा सन्तुष्टि मिल्छ त्यही अनुसार हस्तमैथुन गर्दछन् । सबै महिलाले आफ्नो भगांकुर चलाउने योनिमा केही पसाउनुदेखि यौन संवेदनशील अंगलाई सुम्सुमाएर वा मर्दन गरेर चरमसुख प्राप्त गर्ने गरेका छन् । यी बाहेक महिलाले आफ्नो योनि, स्तन, नाइटो, ओठ, घाँटीको छाला, तिघ्रालगायत शरीरका अन्य अंगको स्पर्श, मर्दन वा सुम्सुम्याएर पनि यौनआनन्द लिने गरेका छन् । तर, अचेल बजारमा आएका विभिन्न कृत्रिम यौनसाधन तथा वस्तुको प्रयोग गरेर पनि महिलाले हस्तमैथुन गर्ने गरेको पाइएको छ ।-शुक्रबारबाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !