१४ बैशाख २०८१, शुक्रबार

चुम्बकको विशिष्ट गुण


ब्रह्माण्डमा रहेका प्रत्येक पदार्थको आफ्नै गुण भए जस्तै चुम्बकीय पदार्थको पनि आफ्नै गुणहरु हुन्छन् । अझ म्याग्नेटिक पदार्थहरुमा अन्य पदार्थमा नभएका विशिष्ट गुणहरु समेत हुन्छन् । विशेष गरी म्याग्नेटिक पदार्थ भन्नाले यहाँ कोबल्ट, आइरन, निकेल, र म्याग्नेटाइट उदाहरणको रुपमा लिइएको छ। यी धातुहरुमा विशेष खालको चुम्बकीय गुण हुन्छ जसलाई “स्वभाविक चुम्बकीय” भनेर चिनिन्छ ।

स्वभाविक चुम्बक सामान्यतया, हिस्टैरिसिससँग सम्बन्धित छ [१], जुन गुण इस्वी संवत् १८८१ मा जेम्स इविंगले पत्ता लगाएका हुन् । तपाइँहरुको जानकारीको लागि हिस्टैरिसीस लुप ग्रीक शब्दबाट लिइएको हो र यसको अर्थ ‘केही पछाडि पर्नु’ हो । जेम्स इविंग, एकजना स्कटिस कुशल भौतिकशास्त्री/ भौतिक प्रोफेसर थिए, जसलाई जापानको मेइजी सरकारले इस्वी संवत् १८७८ मा टोक्यो विश्वविद्यालयमा विदेशी भ्रमण प्रोफेसरको रुपमा नियुक्त गरेको थियो । उनै इविंगलाई जापानमा चुम्बकीय अनुसन्धानको एक संस्थापक वैज्ञानिकको रुपमा मानिन्छ ।

magnet

चित्र एकले चुम्बकीय हिस्टैरिसीस लुप देखाउँछ । शुरुको अवस्थामा यसले चुम्बकीय गुण शून्य देखाउँछ । जब बाह्य चुम्बकीय बल लगाइन्छ, मल्टी डोमेन अवस्था अर्थात् शुन्य चुम्बकीय अवस्था बट बिस्तारै सिंगले डोमेनमा परिणत भएको हामीले देख्न सक्छौँ । यतिबेला चुम्बकीय शक्ति चरम अवस्थामा पुगेको हुन्छ, जसलाई हामीले, संतृप्ति चुम्बक भनेर चिन्छौँ। चित्रमा देखिए बमोजिम, म्याग्नेटिक फिल्ड विपरीत दिशामा घुमाउँदा खेरी वाई कक्ष (Y-Axis) लाई काट्दै फर्केको हामी देख्न सक्छौँ, जसलाई रिमानेन्ट म्याग्नेटाइजेसन भनेर भनिन्छ । यो रिमानेंट म्याग्नेटाइजेसन्, बाहिरबाट लागू गरिएको म्याग्नेटिक फिल्डलाई शून्यमा पुनर्स्थापना गर्दा पनि, पदार्थमा रहिरहन्छ ।

हिस्टैरिसीस लुप, म्याग्नेटिक पदार्थको एउटा महत्वपूर्ण गुण हो, सबै दृस्टिकोणबाट हेर्दा भौतिकशास्त्रीहरुले यसलाई ब्याख्या गर्न खोज्न. मेटेरियल वैज्ञानिकहरुले यसलाई सुधार गर्ने लक्ष्य राख्छन् र इन्जिनियरहरुले यसलाई प्रयोगमा ल्याउन कोसिस गर्छन् । हिस्टैरिसीस लुपले कुनै पनि म्याग्नेटिक पदार्थको प्रकृति कस्तो छ त भन्ने कुरा प्रस्ट गर्न मद्दत पुर्यासउँछ । हिस्टैरिसीस वक्रको उपयोग सम्बन्धि ज्यादै रोचक लेख माइसंसारको अर्को ब्लगमा प्रस्तुत गर्नेछु ।

लेखक अहिले अमेरिकाको बेलोर विश्वविद्यालयमा रिसर्च साइन्टिस्ट र क्यानाडाको योर्क विश्वविद्यालयमा पोस्टडक रिसर्चरको रुपमा कार्य गर्दै हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !