७ बैशाख २०८१, शुक्रबार

जनैलाई कानमा सिउरिनुको बैज्ञानिक कारण


जनै कानमा

हिन्दूका सोह्र संस्कारमध्ये एक ब्रतवन्ध गर्दा बैदिक मन्त्रका साथ गुरूले जनै पहिराइदिने प्रचलन रहेको छ । हिन्दूहरूले बायाँ काँधबाट छड्के पारी दायाँ हातमुनी खोकिलासम्म पहिरिने सेतो सुती धागोबाट बनेको पवित्र धार्मिक डोरीलाई जनै भनिन्छ ।

हिन्दु परम्परामा व्रतबन्ध गर्ने विधान छ । धार्मिक शास्त्र अनुसार, मनमस्तिष्क र चित्त शुद्धिका लागि व्रतबन्ध गरिन्छ । शरीरमा रहेका सूक्ष्म बिन्दुहरूमा स्पर्श गर्दै नाभीसम्म जाने कपासको सूत्र धारण गर्न हवन, यज्ञ, मन्त्रपाठ आदि गरी ब्राह्मणले जनै लगाइदिन्छन् । जनैले शरीरमा रहेका मुटुको बाहिरी बिन्दु, फोक्सोको बाहिरी बिन्दु र नाभीको बाहिरी भागलाई स्पर्श गर्छ । जनै लगाउँदा निम्न मन्त्र पढ्दै लगाईन्छ :

येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः।
तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमा चल।।

यसको अर्थ के हुन्छ : भगवान् वामन अवताररूपी विष्णुले दानवराज बलिराजालाई उनको सुरक्षाको लागि जुन बन्धनले बाँधेका थिए, त्यही बन्धनले तपाईंको हातमा पनि बाँधिदिएको छु, तपाईंको रक्षा होस् ।

निवीती दक्षिणे कर्णे यज्ञोपवीतं कृत्‍वा मूत्रपुरीषे विसृजेत्‌ ।
ऊर्ध्‍वं नाभर्मेध्‍यातर: पुरुष: परिकीर्तित: ।।

यसको अर्थ के हुन्छ : मानिसको शरीरको नाइटोभन्दा माथिको भाग शुद्ध र तलको भाग अशुद्ध  मानिन्छ । मल-मूत्र विसर्जनभन्दा पूर्व जनैलाई घाँटी वरिपरि श्रृंखलामा राखी दाहिने कानमा सिउरिने गरिन्छ ।

धर्मशास्त्रले अक्सर गरेर दाहिने कानको महत्त्व दर्शाउछ । गायत्री जप्दा हत्केलामा पानी राखी आचमन गरी दाहिने कान स्पर्श गरी आदित्य, वसु, रुद्र, वयु, अग्नि, धर्म, वेद , आपा, सोम, सूर्य, अनिल, आदि जस्ता विभिन्न देवदेवीहरूको अनुष्ठान गरिन्छ ।

यसरी दाहिने कानलाई पनि शुद्ध मानिन्छ  तर अरु चाही अशुद्ध हुन भनेको होईन । जनै धारण गर्दा नाभी भन्दा माथी अथवा तल हुन हुदैन ठिक्क नाभीसम्म मात्र हुनुपर्छ भन्ने शास्त्रहरूको मान्यता रहेको छ ।

मल-मूत्र विसर्जनभन्दा पूर्व जनैलाई कानमाथि कसेर दुईचोटी बाँध्नुपर्दछ । चिकित्सा विज्ञानका अनुसार दाहिने कानका पछाडिका नसाहरु जसको सम्बन्ध अण्डकोष र गुप्तेन्द्रियोसँग हुन्छ । मल-मूत्र विसर्जनको समयमा सानो मात्रामा द्रव्य बाहिर निस्किन्छ ।

आयुर्वेदको अनुसार दाहिने कानमा जनै सिउरिदा द्रव्य बाहिर निस्किने रोकिन्छ ।  राती सुत्दा दाहिने कान बाध्नाले पटक-पटक नाइट फल भईरहने कम गर्न सकिन्छ । पिसाब फेर्ने समयमा दाँया कानमा जनै राख्नाले शुक्रको रक्षा हुनुको साथै नराम्रो सपना देख्ने पुरुषको लागि दाँया कानमा जनै राखेर सुतेमा नराम्रो सपना देख्ने समस्याबाट मुक्ति मिल्दछ ।

मूत्र त्याग गर्ने बेला दाँया कानमा जनै सिउरिनाले ती नसाहरूमा दबाब पर्दछ जुन नसाहरूबाट वीर्य निस्कन्छ । यस्तो ज्ञात अज्ञात शुक्राकीटहरूको रक्षा हुन्छ । यसबाट मानिसको बल तथा तेज वृद्धि हुन्छ ।

यस्तै दाहिने कानका पछाडिका नसाहरु जसको सम्बन्ध पेटका आन्द्रासग हुन्छ । यसरी आन्द्रामा दबाब पारेर त्यसलाई पूरा खोली दिन्छ ।  यसबाट मल विसर्जन सजिलो भई जसबाट कब्जियत, एसीडीटी, पेट रोग, मूत्रन्द्रीय रोग, रक्तचाप, हृदय रोगसहित अन्य संक्रामक रोग लाग्न पाउँदैन । पेट सफा भयो भने शरीर र मन दुबै स्वस्थ हुन्छ ।

कानमाथि प्रत्येक दिन जनै राख्ने र कस्ने गर्नाले स्मरण शक्तकिो क्षय हुँदैन । यसबाट स्मृति कोष बढ्छ । कानमा दबाव पर्नाले दिमागका ती नसाहरू सक्रिय हुन्छन् जसको सम्बन्ध स्मरण शक्तिसँग हुन्छ । वास्तवमा गल्ती गर्दा बच्चाहरूको कान निमोठ्ने कारण यही भएर नै हो ।

यो पनि पढ्नुहोस्  

यस्तो छ टुप्पी पाल्नुको बैज्ञानिक कारण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !