६ बैशाख २०८१, बिहिबार

यस्तो छ जान्नुहोस् टुप्पी पाल्नुको बैज्ञानिक कारण


टुप्पी

हिन्दूका संस्कार अनुसार शिरको केन्द्रस्थानमा नकाटी-नखौरी राखिने रौंलाई टुप्पी भनिन्छ । वैदिक परम्परा अनुसार कपाल काट्दा वा मुण्डन गर्दा मानिसहरुले टुप्पी राख्ने चलन छ । व्रतबन्ध गरेपछि हरेक बैदिक हिन्दु धर्मालम्बीहरुले टुप्पी राख्नुपर्ने शास्त्रीय मान्यता छ ।

पहिला-पहिला भनिन्थ्यो टुप्पी ब्राह्मणको पहिचान हो । प्राय: ब्राह्मण परिवारमा जन्मिएको मानिसको टाउकोमा लामो ‘टुप्पी’ हुने गर्थ्यो । धर्मशास्त्रका अनुसार टुप्पीको सबै भन्दा पहिलो फाइदा स्मरणशक्तिमा बृद्धी हुनु हो । टुप्पी राख्ने ब्यक्तिको स्मरण शक्ति उच्च हुने शास्त्रमा उल्लेख छ ।

कुनै धर्मशास्त्रले त टुप्पी काट्नुलाई शिर काट्नु बराबर नै मानिने गरिएको हुन्छ, यसबाट पनि थाहा हन्छ की धर्मशास्त्रले टुप्पी पाल्नु वा राख्नुको महत्व कति छ भनेर । आजकाल टुप्पीलाई फेशनका रुपमा राख्ने चलन छ तर शास्त्रमा टुप्पीलाई गाँठो पारेर राख्नुपर्ने कुरा र बिहान स्नान गर्दा टुप्पी छोएर मन्त्र पढ्नुपर्ने पनि उल्लेख छ । टुप्पी विषयमा चाणक्यले भनेका छन् कि टुप्पी नबाँधीकन कुनै सपथ समेत लिनु हुँदैन ।

मस्तिष्कको भित्री भाग जहाँ नाडीको मेल हुन्छ त्यहाँ पनि टुप्पीको सम्बन्ध हुन्छ । यसैले टुप्पीमा चोट लागेमा मानिसको छिटो मृत्यु हुन्छ । टुप्पीले मानिसहरुलाई विभिन्न रोग ब्याधीबाट समेत बँचाउने गरेको बताइन्छ । टुप्पीले गर्मी वा चिसोबाट पनि बचाउँछ ।

शरीरको मुख्य भागलाई चिसो वा गर्मीबाट बचाँएर मानिसलाई स्वस्थ राख्न समेत टुप्पीको मुख्य भूमिका हुन्छ । टुप्पी रहेको स्थानमा शरीरका ज्ञानेन्द्रिय जस्तै कान, नाक, जीव्रो, आँखा आदिको सम्बन्ध हुन्छ । यसले हात, खुट्टा, गुदद्वार लगायतमा समेत नियन्त्रण गर्छ । तसर्थ टुप्पी पाल्दा शारीरिक र मानसिक नियन्त्रण पनि सम्भव छ ।

पृथ्वीमा विभिन्न तत्त्वहरु जस्तै पृथ्वी, जल, तेज, वायु र आकाश बाहिर छन् भने यी पञ्चतत्व मानव शरीरमा पनि रहेका हुन्छन । स्वस्थ्य मानिसले २४ घन्टामा १७,२८० देखि २३,०४० पटक सास फेर्छन । मानिसको शरीरका कोष संचालन गर्न मुटु र मस्तिष्कको अहम भूमिका रहेको हुन्छ जसलाई बाहिरी नौवटा प्वालहरूमध्ये अप्रत्यक्ष द्वारका रुपमा मानिने नाभी र टुप्पीको पनि भूमिका हुन्छ ।

विज्ञानका अनुसार अन्तरिक्षबाट विभिन्न खाले परावैजनी किरण पृथ्वीमा झरिरहेका हुन्छन् । शिरको टुप्पोमा रहेको टुप्पीले नकारात्मक विकिरणलाई परावर्तन गर्न र सकारात्मक किरण मात्रै ग्रहण गरी शरीरमा पठाउँछ भन्ने व्याख्या गरिन्छ । मस्तिष्क जति सामर्थ्यबान हुन्छ अन्य अंगको शक्ति पनि त्यति नै बढ्छ । टुप्पीले शरीरको मुख्य सञ्चालन हुने अंगसँग टुप्पीको सम्बन्ध हुने समेत बैज्ञानिक खोजहरुले देखाएका छन् ।

वैज्ञानिक धारणा अनुसार कपाल कालो भएकोले कालो वस्तुमा सूर्यको न्यानोपन तथा शरीरलाई आवश्यक पर्ने शक्ति कालो पर्दाथले बढी सोसेर लिन सक्ने तथा तीखो चिजले पनि ऊर्जा बढी लिन सक्ने हुन्छ ।

रेडियो, फोन, मोबाइलको स्टेशन तथा स्टेशनमा एरियल लगायत सेट्लाइरुमा पनि तीखो वस्तु राख्ने गरेकोले टुप्पीको पनि टुप्पो तीखो हुने भएकोले आवश्यक ऊर्जा लिन समर्थ हुने वैज्ञानिकको मत छ ।  त्यसैले टुप्पीको बैज्ञानिक फाइदा समेत धेरै रहेको छ ।

यो पनि पढ्नुहोस्  

बैज्ञानिक अध्ययन अनुसार मानिसको औसत समय कसरी बित्छ ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !