१४ बैशाख २०८१, शुक्रबार

नेपालमा डीएनए परीक्षण र यसको अवस्था


राष्ट्रिय विधि विज्ञान प्रयोशाला
Gopal Bhandari
गोपाल भण्डारी

DNA (डीएनए) भनेको सबै जीवहरु र बनस्पतिहरु तथा धेरै भाइरसहरुको वंशाणुगत गुण बोक्ने बिशिष्ट प्रकारको न्युक्लिक एसिड अणु हो जसमा वृद्धि, विकास, मर्मत, सुधार, प्रजनन लगायतका थुप्रै सांकेतिक बंशानुगत बिवरणहरु संग्रहित हुन्छन । डीएनए कोषको न्युक्लियसमा रहेको हुन्छ, तर सानो मात्रामा यो माईट्रोकोन्डृयामा पनि पाउन सकिन्छ । साँचो, झूटो छुट्याउने सवभन्दा बलियो बैज्ञानिक आधारलाई डीएनए परीक्षण (DNA Test) भनिन्छ ।

डीएनए परीक्षण के-कस्ता कुरामा गर्न सकिन्छ ?      

प्रत्येक जीवका केही विशिष्ट गुण हुन्छन् ती कुनै सूक्ष्म जीव हुन् वा कुनै जनावर वा कुनै मानव । डीएनए परीक्षण गर्दा त्यही विशिष्ट गुणको स्वरूप पत्ता लगाउने प्रयास गरिन्छ । अहिले सबैजसो क्षेत्रलाई यसले छोएको देखिन्छ। फोरेन्सिक अनुसन्धान, पितृत्व परीक्षण तथा अन्य जैविक अनुसन्धानमा यसका अनेक उपयोगिता छन् । मानव जनजातिदेखि वन्यजन्तुसम्म कुन जाति प्रजाति कसरी फैलिएर बसेका छन् वा वा कोसँग वंशाणुगत रूपमा बढी नजिक छन् भन्ने जानकारी यही परीक्षणबाट प्राप्त गर्न सकिन्छ ।

परीक्षण कुनै एक समयमा हुने भए पनि यसले पहिलेका घटनालाई निश्चितताका साथ भन्न सक्छ । कुनै आपराधिक घटनाको सन्दर्भमा के-कस्ता घटना कसरी कुन व्यक्तिको उपस्थितिमा भएको हो जानकारी दिन्छ । कुनै पीडित वा संदिग्ध व्यक्तिको पहिचान गर्छ । यसले रक्त सम्बन्धका बारेमा ठोस आधार प्रदान गर्छ । कुन व्यक्तिको सन्तान को हो, कुनै माता पिता वा सन्तान हराएको स्थितिमा पत्ता लागे पछि ठोस रुपमा ऊ नै हो भनेर पक्का गर्न सहयोग गर्छ । चिकित्सा विज्ञानमा यो प्रविधि अङ्ग प्रत्यारोपणमा कत्तिको समान छ भनेर हेर्न गर्न सकिन्छ ।

डीएनए परीक्षण गराउने कारणहरु

डीएनए परीक्षण कुनै शिशुको पिता को हो भनेर पत्ता लगाउन निकै भरपर्दो भएकाले यस किसिमको जाँचको माग संसारभर बढेको पाइन्छ । त्यसका लागि सामान्यतः आमा, शिशु तथा संदिग्ध पिता भनेर आरोप लगाइएको व्यक्तीको परीक्षण गरिन्छ ।

तपाईंले किन यो परीक्षण गर्न चाहनु भयो थाहा भएन । यदि आफ्नी श्रीमतीबाट जन्मिएको शिशुलाई आफ्नो मान्न तयार हुनुहुन्न वा मनमा शंका भएकाले परीक्षण गराउने निर्णयमा पुग्नुभएको हो भने केही कुरामा विचार गर्नु पर्ने हुन्छ । तपाइर्ंले शंका गर्नुपर्ने आधार कत्तिको वैज्ञानिक छ भन्ने कुरामा पर्याप्त विचार पुर्‍याउनुपर्छ। गर्भावधिमा आउन सक्ने विविधता तथा जन्मदा शिशुको स्थितिलाई विचार गर्नुपर्ने हुन्छ । यदि ती सबै कुरा ठीक छन् भने आफ्नी श्रीमतीको व्यवहार विचार गर्नुपर्ने हुन्छ। निश्चित रूपमा कुनै आधार नभई त्यसै शंका गर्नु भनेको नभएको समस्या निम्त्याउनु हो । एकपल्ट सोच्नुहोस् त, तपाईले अनावश्यक रूपमा शंका गर्नुहुन्छ भन्ने कुरा तपाईंकी श्रीमतीले थाहा पाउनुभयो भने कति नरमाइलो मान्नुहोला ?

नेपालमा डीएनए परीक्षण र खर्च

सन् २००५ मा नेपालमा शुरु भएको डीएनए परीक्षण गर्न १० हजारदेखि १२ हजार रुपैयाँसम्म तिर्नुपर्छ । सधैं तनाव र यातना सहनुभन्दा कि वार कि  पार भएकै राम्रो भन्ने मनसायले गर्दा यो परिक्षण गर्न तयार हुन्छन । परीक्षणबाट सधैं दुःखद् परिणाम मात्र आएका छैनन् । डीएनए परीक्षणले सकारात्मक परिणाम पनि ल्याएको छ । विवाहपश्चात् बाबुसँग डीएनए मिलेन भने गर्भ रहेको अवस्थामा स्वीकारेको हुनसक्छ । डीएनए परीक्षण गराउन सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत तथा प्रहरी कार्यालय मार्फत मुद्दाहरू आउने गरेका छन् ।

राष्ट्रिय विधि विज्ञान प्रयोशाला

स्वतस्फूर्त रूपमा आफैं पनि खुमलटारस्थित  राष्ट्रिय विधि विज्ञान प्रयोशालामा गएर परीक्षण गराउन सकिन्छ । यसो गर्दा बाबु, आमा र सन्तान तीनै पक्ष आउनुपर्छ । डीएनए परीक्षणको सन्दर्भमा थप जानकारीका लागि राष्ट्रिय बिधि  बिज्ञान प्रयोगशालामा सम्पर्क गर्न सकिन्छ। डीएनएको कस्तो किसिमको परीक्षण गरिने हो खर्च त्यसमा पनि फरक पर्न सक्छ । त्यसबाहेक डीएनए नमुना विदेशमा पठाई डीएनए परीक्षण गराउन सकिने स्थिति पनि छ । यसका लागि कतिपय संस्थाले सेवा प्रदान गर्छन् भने तिनका सेवा शुल्क अनि खर्च पनि फरक-फरक हुनसक्छ ।

*गोपाल भण्डारी नेपालपत्रका प्रधान-सम्पादक हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

डीएनए परीक्षण (DNA Test) र डीएनए परीक्षण बिधि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु