८ बैशाख २०८१, शनिबार

डीएनए परीक्षण (DNA Test) र डीएनए परीक्षण बिधि


डीएनए परीक्षण
Gopal Bhandari
गोपाल भण्डारी

DNA (डीएनए) भनेको सबै जीवहरु, बनस्पतिहरु तथा धेरै भाइरसहरुको वंशाणुगत गुण बोक्ने बिशिष्ट प्रकारको न्युक्लिक एसिड अणु हो जसमा वृद्धि, विकास, मर्मत, सुधार, प्रजनन लगायतका थुप्रै सांकेतिक बंशानुगत बिवरणहरु संग्रहित हुन्छन । डीएनए कोषको न्युक्लियसमा रहेको हुन्छ, तर सानो मात्रामा यो माईट्रोकोन्डृयामा पनि पाउन सकिन्छ । साँचो, झूटो छुट्याउने सवभन्दा बलियो बैज्ञानिक आधारलाई डीएनए परीक्षण (DNA Test) भनिन्छ ।

डीएन परीक्षणलाई सर एलेक जेफ्रीले सन् १९८५ मा स्थापित गरेका हुन् । लामो अनुसन्धानपछि अहिले यसको व्यावहारिक उपयोगिता डीएनए परिक्षण (DNA Test) निकै प्रचलित पनि हुँदै गएको छ । हालैका दशकमा डीएनए जाँच गर्ने प्रविधिमा उल्लेखनीय प्रगति भएको छ र यस किसिमको परीक्षण थुप्रै किसिमका समस्या सुल्झाउन प्रयोग गर्न सकिन्छ । सजिलो भाषामा भन्नुपर्दा डीएनए टेस्टमा दुई जैविक नमुनाका विचमा कत्तिको समानता छ हेरिन्छ ।

डीएनए परीक्षण बिधि

यो एक अति नै विकसित तथा परिष्कृत परीक्षण हो । सबैभन्दा पहिले परीक्षण गर्न डीएनए भएको वस्तुको नमुना संकलन गर्नुपर्छ। यस्ता नमुनामा केशको केही भाग, छाला, थूक, लुगा वा अन्य वस्तुमा शरीरबाट निस्किएको तरल पदार्थ सुकेकै अवस्थामा भए पनि, मुख वा गालाको भित्री भागवाट निकालिएको कधबद, शरीरका अङ्ग-प्रत्यङ्गको कुनै पनि भाग हुन सक्छन् । यस्ता नमुनाका आधारमा खोजिएको वा जाँच गरिएको व्यक्तिसम्म पुग्न सकिन्छ। त्यसपछि प्रयोगशालामा परीक्षण गरिन्छ। यसमा पर्याप्त सावधानी अपनाउनुपर्ने हुन्छ ।

नमुना सामग्रीवाट कोषिका निकालिन्छ, उक्त कोषिकाबाट डीएनए नमुनालाई शुद्धीकरण गरिन्छ, डीएनएको रेसाबाट विभिन्न भागवाट लिइएका पृथकीकरण गर्ने र नतिजालाई विश्लेषण गर्ने कार्य गरिन्छ । नतिजाप्रति पक्का हुन उक्त प्रक्रियालाई दोहर्‍याईन्छ । अन्तिम चरणमा डीएनए परीक्षणको नतिजाको प्रतिवेदन तयार गरिन्छ । उक्त प्रतिवेदनमा जुन उद्देश्यका लागि डीएनए परीक्षण गरिएको हो त्यसको निष्कर्ष उल्लेख हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !