१४ बैशाख २०८१, शुक्रबार

मानसिक रोग उपचारमा नयाँ प्रबिधिको बिकास


lsd-boost-brain

– राम ठकुरी
मानिस तथा पशुहरूमा मानसिक असन्तुलनका कारण देखापर्न सक्ने विभिन्न रोगहरूलाई मानसिक रोग भनिन्छ। मानसिक स्थिति खराब अथवा कमजोर भएमा मानिस तथा पशुहरू बौलाउने पनि गर्दछन्।

मनलाई वसमा राख्न नसक्दा, मस्तिष्कमा कुनै पनि बाहिरि अथवा भित्री चोट पर्न गएर, बढी चिन्ता, हैरानि, सरुवा रोग जस्तै रेबिज आदीको कारणले मानसिक रोग उत्पन्न हुन्छ । आजको भाग दौड को दुनियामा प्राय व्यक्ती कुनै न कुनै मानसिक रोगको सिकार हुन्छ। जस्तै निद्रामा बोल्नु, एक्लै बरबराउनु, रक्शी, जाँड, चरस, गाँजा, अफिम जस्ता लागु पदार्थको दुर्वेसनी बन्नु अचानक रिसाउनु आदी सबै मानसिक रोग नै मानिन्छ तर कुनै खास कारण व्यक्तीको मानसिक सन्तुलन पुरै बिग्रेर मस्तिस्क सही काम गर्न छोड्छ भने त्यसलाई पूर्ण रूपले मानसिक रोगको सिकार भएको मानिन्छ।

मानसिक रोगको प्रकार अनुसार भिविन्न प्रकारका औषधिहरुको प्रयोग हुँदै आएको छ। ति मध्य कुनै औषधि प्रभावसाली देखिएको छ भने केहिको प्रभाव अपेक्षित देखिएको छैन। तर नयाँ औषधि को बिकासमा अनुसन्धान भने भइनै रहेको छ ।

अनुसन्धानको क्रममा हालै मात्र इम्पेरियल कलेज लन्डनका अनुसन्धानकर्ताहरुले डिप्रेसन र अन्य मानसीक रोगीहरुमा लिसर्जिक एसिड डाइइथाइल अमाइड ( lysergic acid diethylamide, LSD.) को प्रयोग उपलब्धिमुलक रहेको बताइएको छ। अनुसन्धानकर्ता हरुले LSD को प्रयोग सँगै रोगिको मस्तिष्कको सुक्ष्म अध्ययन गरिरहेको छ। यस अनुसन्धानको क्रममा उक्त औषधिको प्रयोग पछी मानसिक रोगिले आफ्नो आखाले देखेको दृश्य र सो वातावरण प्रति सामान्य व्यवहार देखाइ सन्तुलन कायम गर्न सफल रहेको तथ्य अनुसन्धान प्रमुख डा. रोबीन कार्हर्ट हारिश ( Dr. Robin Carhart-Harris ) ले प्रस्तुत गरेका छन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !