१४ बैशाख २०८१, शुक्रबार

बज्रबाराहीदेवीको जात्रा स्थगित


ललितपुर, २६ चैत । कोरोना भाइरसको सम्भावित जोखिम फैलिन नदिन लकडाउन जारी भएपछि गोदावरी नगरपालिका–११ स्थित चापागाउँको प्रसिद्ध बज्रबाराहीदेवीको खटजात्रा स्थगन भएको छ । प्रत्येक चैत शुक्ल चतुर्दशीदेखि पूर्णिमा दुई दिनसम्म सोे खटजात्रा मनाउने चलन रहेकामा सम्बन्धित पुजारीबाट आफ्नो परम्परा बचाउने गरी पूजाआजा मात्र चलाउन अनुरोध गरिएको वडाध्यक्ष नीलबहादुर देशारले जानकारी दिनुभयो ।

जात्रामा पूर्णिमाको दिन बिहान ७ बजे बज्रबाराहीलाई आँगनघर देवीस्थानबाट तल मण्डप बनाइराखेको स्थानमा ल्याई राखिन्छ । त्यसपछि दिउँसो ११ बजेसम्म भक्तजनले देवीलाई पूजा गर्दै बोका, हाँस, कुखुराको भाले आदि बलि चढाइन्छ । राति १२ बजेपछि खटमा राखी मन्दिरबाट निकालेर घण्टी नबजाई चापागाउँको ट्यागलमा ल्याएर राखिन्थ्यो । चापागाउँका स्थानीय ७४ वर्षीय वासुदेव कमाचार्यले मुख्य–मुख्य स्थानमा काठको भैरवको खट बनाई स्थापना र पूजा गरिने गरिएको स्मरण गर्नुभयो ।
–––


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !