२२ बैशाख २०८१, शनिबार

१२ मुखी रुद्राक्ष धारण गर्दा हुने फाइदाहरु


१२ मुखी रुद्राक्ष

१२ मुखी रुद्राक्ष धारण गर्दा हुने फाइदाहरु । प्रायः व्यक्तिको जन्म कुण्डलीमा सूर्यसँग जोडिएका समस्या हुन्छन् । यदि कोही व्यक्तिको लग्न कुण्डलीमा सूर्य कमजोर छ भने त्यो मानिस उसले जीवन धेरै कष्ट तथा संघर्ष गर्नुपर्ने शास्त्रले बताउँछ । जति संघर्ष गरेपनि सफलता प्राप्ति हुँदैन । यही कारण उसमा निराशा पैदा हुन्छ ।

सूर्य कुण्डलीमा आत्मबल, आत्मविश्वासलाई ऊर्जाको कारक मानिन्छ । यदी कुण्डलीमा कुनै बाल बच्चको सूर्य कमजोर छ भने उसको जीवनमा पैसा कम, संघर्ष बढी हुने गर्छ । जीवनमा अघि बढ्नका लागि, धन प्राप्ति र यश आरामका लागि सूर्य कुण्डली बलियो हुनैपर्ने ज्योतिषशास्त्रीहरु मान्यता राख्छन् र सोही अनुसार फलादेश गर्छन् ।

कुण्डलीमा सूर्य कमजोर अवस्थामा रहेको र यसको दोष निवारणको लागि एक मात्र उपाय भनेको १२ मुखे रुद्राक्ष हो । ज्योतिषीहरुले पनि सोही अनुसारको सल्लाह र परामर्श दिने गर्छन् । १२ मुखी रुद्राक्ष भगवान विष्णुको स्वरूप मानिन्छ । विष्णुका देवता सूर्य हुन् । १२ मुखी रुद्राक्षलाई धारण गर्नुहुन्छ भने सूर्य बलियो हुन्छ भन्ने मान्यता राखिन्छ । १२ मुखी रुद्राक्षको शुभ मुहूर्तमा आइतबारका दिन धारण गर्नाले सवैलाई लाभ मिल्छ । तर एउटा ध्यान राख्नुपर्ने कुरा के हो भने १२ मुखे रुद्राक्षलाई मन्त्रद्वारा सिद्ध गरिएको हुनुपर्छ । १२ मुखी रुद्राक्ष धारण गर्दा हुने फाइदाहरु निम्न अनुसार छन् ।

कुण्डलीमा सूर्य कमजोर अवस्थामा रहेको र यसको दोष निवारणको लागि एक मात्र उपाय भनेको १२ मुखे रुद्राक्ष हो । ज्योतिषीहरुले पनि सोही अनुसारको सल्लाह र परामर्श दिने गर्छन् । १२ मुखी रुद्राक्ष भगवान विष्णुको स्वरूप मानिन्छ ।

फाइदाहरु

१. १२ मुखी रुद्राक्ष धारण गर्नाले निर्धन व्यक्ति धनी हुन्छ । रुद्राक्षको धारण गर्नाले परिवारमा सुख एवं सम्पत्ति प्राप्त हुन्छ ।

२. शास्त्रका अनुसार रुद्राक्षको धारण गर्नाले सूर्य देवताको दोष निवारणका साथै अश्वमेघ जति शक्तिशाली बनाउँछ ।

३. १२ मुखी रुद्राक्षको धारण गर्नाले दु:ख, निराशा, कुंठा , पीड़ा और दुर्भाग्य नास हुन्छ भन्ने शास्त्रले बताउँछ ।

४. यदि कुनै व्यक्ति छिटो-छिटो विरामी परिरहन्छ अथवा कुनै बालबालिका मानसिक रुपमा विचलित हुन्छन् भने यो रुद्राक्षको धारण गर्नु उत्तम उपाय मानिन्छ । किनकी बाह्र मुखी रुद्राक्ष उस व्यक्तिका लागि ब्रह्मास्त्र समान मानिन्छ ।

५. हृदय रोग, फोक्सो सम्बन्धी रोग र छाला सम्बन्धी रोग लगायत शारीरिक एवं मानसिक संकटलाई १२ मुखी रुद्राक्षले नाश गर्छ भन्ने मान्यता राखिन्छ ।

यो पनि पढ्नुहोस्

रुद्राक्ष सक्कली कि नक्कली चिन्न लगाउनुहोस् यो उपाय

कुन राशिका लागि कति मुखे रूद्राक्ष राम्रो ? पुरा पढ्नुहोस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !