१४ बैशाख २०८१, शुक्रबार

दोलखा भीमसेनमा आयो पसिना, अनिष्ट हुने भन्दै बाजागाजा सहित थालियो पूजाआजा


दोलखा भीमसेनमा पूजाआजा

फागुन ८, दोलखा । दोलखा जिल्लाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा फेरि पसिना आएको छ । भीमसेनको मुर्ति शिलामा आज बिहीवार विहान साढे ६ बजेदेखि ७ बजेर २५ मिनेटसम्म पसिना आएको छ । यसमा पसिना आउनुलाई अनिष्टको संकेतका रूपमा लिइने गरिन्छ ।

भीमसेनको मुर्तिमा पसिना आएपछि पूजाआजा गर्न सुरु गरिएको छ । मूर्तिमा पसिना आएपछि मन्दिरका पूजारीले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलाई खबर गरेका थिए । अहिले बाजागाजा सहित मन्दिरमा पूजा गर्ने कार्य भइरहेको छ ।

यसअघि २०७४ असोजमा भीमेश्वर नगरपालिका-२ स्थित भीमेश्वरको मन्दिरमको शिलामा दायाँ, बायाँ र वीचबाट एकै पटक पसिना आएको थियो । शिलाको दायाँबाट पसिना आउँदा राजपरिवारमा अनिष्ठ हुने र बायाँबाट आउँदा जनतामा अनिष्ठ हुने विश्वास रही आएको छ ।

२०७१ सालको माघ १, २ र १५ गते भीमेश्वरलाई पसिना आएको थियो । पसिना आएको ६ महिना नबित्दै देशमा महाविनासकारी भूकम्प गएको थियो । त्यसपछि भीमसेनको शिलामा आठ वर्षपछि फेरि पसिना आएको थियो । दोलखामा रहेको भीमेश्वरलाई पसिना आउँदा मुलुकमा अनिष्ट हुने जनविश्वास रहँदै आएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !