२३ बैशाख २०८१, आइतबार

ओमकार शक्ति नेपालको विशाल पदयात्रा सम्पन्न


ओमकार शक्ति नेपाल

काठमाडौँ । राष्ट्र रक्षा र धर्म रक्षाका लागि दृढ संकल्पसहित अघी उद्घोष गर्दै ओमकार शक्ति नेपालले हिजो फाल्गुण ८ गते पशुपतिनाथ हाताबाट १००८ त्रिशूल सहितको विशाल पदयात्राको कार्यक्रम सम्पन्न गरेको छ । सो पद यात्रा गौशाला, जय बागेश्वरी, मित्रपार्क, गौरीघाट, गुह्यश्वरी मन्दिर हुँदै गोरखनाथ मन्दिर भएर पशुपति क्षेत्रमा सभाका रुपमा परिणत भएको थियो ।

पश्चिमा मिशनरीहरुसंग पैसा खाएर राज्यको दोहन गरिरहेका भ्रष्टाचारीहरु पशुपति सभ्यतालाई मास्न लागिपरेको भन्दै यसका विरुद्धमा निर्ममतापूर्वक अगाडि बढ्नु पर्ने समय आईसकेको यथार्थतामा जोड दिंदै सभाका वक्ताहरुले सनातन धर्म र हिमवत् खण्डको ओम सभ्यताको रक्षा नभएसम्म राष्ट्रको रक्षा हुन नसक्ने कुराको बृहत् रुपमा प्रकाश पारेका थिए ।

नेपालका वैदिक, किराँत, बौद्ध तथा बोन सभ्यताहरुमाथि विदेशी घेराबन्दी र सनातन धर्मका नाममा विदेशी पैसा खाएर विकृति तथा विभाजनको धन्धा गर्दै हिंडेका छद्मभेषी तत्वहरुप्रति सजग रहन आह्वान गर्दै सो कार्यक्रमलाई सत्य सनातन गुरु, ओमकार शक्ति नेपालका अध्यक्ष दिनेश कँडेल, संसथाका प्रवक्ता शेरबहादुर वली लगायतका वक्ताहरुले सम्बोधन गरेका थिए ।

ओमकार शक्ति नेपाल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !