५ जेष्ठ २०८१, शनिबार

भाइटीकाको उत्तम साइत : कात्तिक १० गते बिहान ११:३७ बजे


भाइटीका

काठमाडौं । यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहान ११:३७ बजे रहेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यसपटकको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा भएको जानकारी दिएको हो ।

नेपालका लागि यो समय उपर्युक्त रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले जनाएको छ । तर भारत, जापान, अष्ट्रेलिया, बेलायत, अमेरिका लगायतका देशमा भने फरक-फरक समयमा भाइटीकाको उत्तम साइत रहेको पनि समितिले बताएको छ ।

राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । सो दिन आफ्नो अनुकूल समयमा टीका लगाउन सकिने पनि समितिले बताएको छ । यद्यपि बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नहुने पनि शास्त्रीय मान्यता रहेको छ ।

यस्तो छ अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समिति जारी गरेको प्रेस विज्ञप्ति

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समिति जारी गरेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !