१४ बैशाख २०८१, शुक्रबार

सञ्चारमन्त्री कार्कीले लगाए बहिनीहरुवाट भाइटीका


ज्ञानेन्द्र बहादुर कार्की फाइल फोटो

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भाइटीकाका अवसरमा बहिनीहरुसँग यसवर्षको टीका ग्रहण गरेका छन् ।

सञ्चारमन्त्री कार्कीले ललितपुरको भैँसेपाटीस्थित बहिनीको निवासमा आज बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा आफ्ना बहिनी सुशीला बस्नेत र तारा थापाबाट टीका ग्रहण गरेका हुन् ।

सञ्चारमन्त्री कार्कीसहित चार दाजुभाईले टीका ग्रहण गरेको सञ्चारमन्त्रीका स्वकीय सचिव रामजी थापाले जानकारी दिए । उनका अनुसार सञ्चारमन्त्री कार्कीसहित भाइहरु देवेन्द्र कार्की, डा मृगेन्द्र कार्की र लोकेन्द्र कार्कीले टीका ग्रहण गरेका हुन् ।

टीका लगाइदिएपछि बहिनीहरूले सञ्चारमन्त्रीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे । सो अवसरमा सञ्चारमन्त्री कार्कीले बहिनीहरुलाई दक्षिणा तथा स्नेहोपहार प्रदान गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !