उपराष्ट्रपति पुनले लगाए नजिकका बहिनीहरुवाट भाइटीका Nepalpatraउपराष्ट्रपति पुनले लगाए नजिकका बहिनीहरुवाट भाइटीका
३१ श्रावण २०७९, मंगलबार

उपराष्ट्रपति पुनले लगाए नजिकका बहिनीहरुवाट भाइटीका


उपराष्ट्रपति नन्दबहादुर पुन भाइटीका फाइल फोटो

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले भाइटीकाका अवसरमा नजिकका आफन्त बहिनीहरुसँग यसवर्षको भाइटीका ग्रहण गरेका छन् ।

लैनचौरस्थित उपराष्टपति निवासमा आज बिहन ११ बजेर २ मिनेटको शुभसाइतमा उनले आफन्त बहिनीहरुबाट टीका ग्रहण गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

टीका लगाइदिएपछि बहिनीहरूले उपराष्ट्रपति पुनलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे । सो अवसरमा उपराष्ट्रपति पुनले दिदीबहिनीलाई दक्षिणा तथा स्नेहोपहार प्रदान गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !