१४ बैशाख २०८१, शुक्रबार

तराईका जिल्लाहरुमा आज होली पर्व मनाइँदै


होली

जनकपुर । तराई-मधेसका जिल्लाहरुमा आज सोमबार रंगहरूको पर्व होली हर्षोलासपूर्वक मनाइँदै छ । पहाडी जिल्लामा हिजो आइतबार नै फागु पूर्णिमा अर्थात् होली पर्व मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज होली मनाउन लागिएको हो ।

सरकारले होली पर्वकै अवसरमा तराईका जिल्लाहरूमा बिदा दिएको छ । होली मनाउनका लागि प्रदेश २ सरकारले एक दिन बिदा दिएको छ । भौगोलिक संरचना र मान्यता अनुरूप फागु पुर्णिमा मनाउने चलन छ । स्थान अनुसार मनाइने फागु पुर्णिमाको नाम पनि फरक फरक छ ।

हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ । यसै क्रममा होली पर्वको परम्परा ऋतुराज वसन्तका मित्र मदन अर्थात् कामदेवको पूजाबाट शुरू भएकाले यस उत्सवलाई मदनोत्सव या वसन्तोत्सवका रूपमा पनि मनाइन्छ ।

प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नाउँबाट मनाउन थालिएको बताइन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु