६ बैशाख २०८१, बिहिबार

शक्तिपीठमा दिइएन पशुबली


पशुबली

डोटी, १० कात्तिक । डोटी जिल्लाका प्रमुख शक्तिपीठ तथा मन्दिरमा आज विजयादशमीका दिन पशुबली नदिएका कारण सुनसान देखिएको छ । गत वर्षमा दशैँका दिनमा निकै भीड लाग्ने यहाँका शक्तिपीठमा आज आवतजावत शून्य प्रायः छ । प्रमुख जिल्ला अधिकारी भीमप्रशाद भट्टराइले कोरोना जोखिमका कारण त्यस्ता मन्दिरमा निषेधित क्षेत्र घोषणा गरिएको जनाए ।

यहाँका प्रसिद्ध शक्तिपीठहरु शैलेश्वरीमा रहेको चण्डिका, तिखामा रहेको कालढुङ्गा, दिपायल पिपल्लामा रहेको भगवती मन्दिरमा हजारौँको सङ्ख्यामा पशुबली दिइने भएपनि यो वर्ष कुनै चहलपहल नभएको स्थानीयबासीहरु बताउँछन् ।

शिखर नगरपालिका-२ कालागाढका स्थानीयवासी रामबहादुर बोगटीले प्रशासनले मन्दिरलाई निषेधित क्षेत्र घोषणा गरेपछि अहिले सुनसान अवस्था देखिएको बताउनुभयो । दिपायल पिपल्लाका स्थानीयवासी कैलाश बिकले पशुबली रोकिएपछि भीड पनि घटेको जनाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !