२० बैशाख २०८१, बिहिबार

शक्तिपीठ र मन्दिरमा निषेधाज्ञा


सम्पदा पुनर्निर्माण

सप्तरी, ३० असोज । महत्वपूर्ण चाड दशैं नजिकिएसँगै कोभिड–१९ संक्रमणलाई दृष्ट्रिगत गरी जिल्ला सुरक्षा समिति, सप्तरीले जिल्लाको शक्तिपिठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

समितिको आजको बैठकले आज राति ११ बजेदेखि आगामी मङ्सिर ७ गते राति ११ः३० बजे सम्मका लागि निषेधाज्ञाको अवधि कायम गरिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरद्धारा जारी सूचनामा मन्दिरका तर्फबाट गरिने नित्य पूजापाठ बाहेकका अन्य सम्पूर्ण कार्य÷गतिविधि हुन÷गर्न निषेध गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !