७ बैशाख २०८१, शुक्रबार

जनमत सर्वेक्षण – भावी सभामुख को हुनुपर्छ जस्तो लाग्छ तपाईलाई ?


नेकपामा नयाँ सभामुखको छलफल : नेम्वाङ कि सापकोटा ?

एमालेसँग एकतामा गएका प्रचण्डले त्यहाँ आत्मसम्मान नपाइरहेको चर्चा चलिरहेको छ र ‘फिलिङ कार्यकारी’को भावनालाई जगाएर बस्नुपर्ने अवस्था सिर्जना भएको छ । यदि सभामुख पनि पूर्व एमालेलाई नै दिदाँ पार्टीमा आफुहरु कमजोर हुने साथै सभामुख पद पूर्व माओवादीले यसअघि नै शक्ति सन्तुलनका आधारमा पाएको हो भन्ने तर्क पनि हावी हुनसक्छ ।

अबको संसद झनै पेचिलो हुने र सबैलाई मिलाउन सक्ने तथा निर्णायक बेलामा आफूलाई सहयोग गर्ने सभामुख ओलीले चाहेका छन् । ओलीले मन्त्रिपरिषदको दोस्रो पुनर्गठनमा सापकोटा सहित उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई समेट्ने गरी सभामुखमा नेम्वाङकै नाममा सहमति जुटाउन प्रयास हावी भएमा नेम्वाङको अधिकतम सम्भावना छ ।

अनुभवका आधारमा सुबास नेम्वाङको सम्भावना धेरै देखिन्छ भने पार्टी एकीकरण अघि भएको सहमति अनुसार सभामुख पद पूर्व माओवादीले पाउनुपर्ने सर्त अनुसार सापकोटाको पनि सम्भावना देखिन्छ । नेकपामा अहिले भावी सभामुख सुवास नेम्वाङ वा अग्नि सापकोटाको बनाउने भनेर बहस भईरहेको छ ।

जनमत सर्वेक्षण – भावी सभामुख को हुनुपर्छ जस्तो लाग्छ तपाईलाई ?

१. सुवास नेम्वाङ

२. अग्नि सापकोटा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु