२० बैशाख २०८१, बिहिबार

राजदूत अधिकारी र पाकिस्तानी प्रधानमन्त्रीका विशेष सहायकबीच भेटवार्ता


तापस अधिकारी र सैयद तारिक फातेमी

काठमाडौँ । पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफका विदेशमामिलासम्बन्धी विशेष सहायक सैयद तारिक फातेमीसँग आज इस्लामाबादस्थित उहाँको कार्यकक्षमा भेटवार्ता गरे ।

त्यस अवसरमा उनीहरूबीच नेपाल–पाकिस्तान सम्बन्ध र यसका ऐतिहासिक घटनाक्रमबारे छलफल भएको थियो । भेटमा उनीहरूबीच दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का साथै दक्षिण एसियामा क्षेत्रीय सहयोग प्रवर्द्धनबारे छलफल भएको इस्लामाबादस्थित नेपाली राजदूतावासले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !