५ जेष्ठ २०८१, शनिबार

बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषदकाे बैठक बालुवाटारमा जारी


राष्ट्रिय सुरक्षा परिषदकाे बैठक

काठमाडौँ, जेठ १७ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषदकाे नियमित बैठक जारी रहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सो कुराको जानकारी दिएका हुन् । लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नक्सा सरकारले जारी गरी सकेको बिद्यमान परिस्थितिमा भारत र नेपालको सीमा बिबाद भई रहेको बेला राष्ट्रिय सुरक्षा परिषद्को वैठक बसिरहेको छ ।

राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा मुलुकको समग्र शान्ति सुरक्षाको अवस्था, राष्ट्रिय सुरक्षा नीति र उक्त सचिवालयको सृदृढीकरणबारे छलफल भई रहेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज उक्त बैठक बसिरहेको छ । बैठकमा पछिल्लो सुरक्षा अवस्था र आगामी रणनीतिबारे छलफल भइरहेको छ ।

नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन वा नियन्त्रणका लागि सरकारलाई सिफारिश गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक व्यवस्था छ । राष्ट्रिय सुरक्षा परिषद्मा सरकारका रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री तथा मुख्य सचिव, प्रधानसेनापति सदस्य रहने र रक्षा मन्त्रालयका सचिव सदस्य-सचिव भई काम गर्ने व्यवस्था छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !