२३ बैशाख २०८१, आइतबार

खनालले ओलीलाई चेतावनी दिँदै भने, “ओलीले चाहेर मात्र एमसीसी पास हुँदैन”


झलनाथ खनाल

१३ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का परिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको सर्वोस नभएको बताएका छन् । उनले एक टेलिभिजनमा अन्तर्वार्ता दिंदै कमरेड ओली पार्टीका अध्यक्ष भए पनि पार्टीको सर्वोस नभएको बताएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले एमसीसीको विषयमा पनि आफ्नो अभिव्यक्ति दिएका छन् । उनले कुनै हालतमा एमसीसी नहुने दावी गरेका छन् । ओलीले मात्र गर्छु भनेर नहुने र पास हुन नसक्ने दावी गरेका छन् ।

त्यस्तैगरी खनालले ओलीले एमसीसी विषयमा पार्टीभित्र पनि छलफल गराउन नसकेको आरोप लगाएका छन् । खनालले भनेका छन्, “पार्टीभित्रका नेताहरुसंग छलफल गरेर त्यसपछि निर्णय गर्नुपर्छ । पार्टीको निर्देशन विना पास हुन सक्दैन ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !